onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा नगरपालिकाले पारिवारिक तथा व्यवसायिक तथ्याङ्क संकलन गर्ने

समुन्नत ठाकुरबाबाः सबल नगरबासीको अभियानमा सहयोग गर्न अनुरोध

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाले नगरको पारिवारिक तथा व्यवसायिक तथ्याङ्क संकलन गर्ने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गर्दै भोलि फागुन ७ गते देखि तथ्याङ्क संकलन कार्य सुरु गरिने जनाएको हो ।

ठाकुरबाबा नगरपालिकाका सबै वडाहरूका गाउँ-बस्ती, टोल र घरमा भोलि देखि गणकहरु गएर पारिवारिक तथा व्यवसायिक तथ्याङ्क संकलन गर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले बताउनु भयो । तथ्याङ्क संकलनका लागि आउने गणकहरुलाई यथार्थ पारिवारिक तथा व्यवसायिक विवरणहरू दिएर नगरको पार्श्वचित्र निर्माणको अभियानमा नगरपालिकालाई सहयोग गर्न समेत प्रशासकीय अधिकृत रिजालले अनुरोध गर्नुभयो ।

नगर पार्श्वचित्र नगरपालिकाको ऐना हुने र यसले विभिन्न विकास योजना निर्माणका लागि सूचना तथा तथ्याङ्क उपलब्ध गराउने भएको हुँदा यथार्थपरक विवरणको खाँचो पर्ने नगरपालिकाले जनाएको छ । सम्पूर्ण नगरबासीले यथार्थ विवरण दिई समुन्नत ठाकुरबाबाः सबल नगरबासीको महाअभियानमा अमूल्य योगदान गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

Leave A Reply

Your email address will not be published.