onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

अन्तरपुस्ता संवाद : बालविवाहलाई न्यूनिकरण गर्न किशोर–किशोरीनै अग्रसर हुनुपर्ने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : बालविवाह न्यूनिकरण परियोजना अन्तरगत अन्तरपुस्ता संवाद कार्यक्रम भुरीगाउँमा सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणिय बिशिष्टता समुह (बि–ग्रुप) बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको समन्वयमा कार्यक्रम सञ्चालन भएको हो ।

कार्यक्रममा पहिलेका पुस्ता र पछिल्लो समयका पुस्ता विचको भिन्नताका विषयमा छलफल तथा अन्तरक्रिया भएको छ । समुदायमा हुने गरेका कार्य र फरक सोँच–विचारमा अन्तरपुस्ता बिच भएको परिवर्तनलाई साझा बुझाई बनाउने विषयमा छलफल भएको छ । समुदायमा रहेको हानिकारक अभ्यासलाई न्यूनिकरण गर्दै सकारात्मक सोँच र सभ्य समाज निर्माणका कुरालाई प्रोत्साहन गर्नका छलफल कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

परिर्वतनका संवाहक (सिओसी)का किशोर–किशोरीहरु र उनीहरुका अभिभावकहरुलाई सहभागी गराई उहाँहरु बिचमा भएको अन्तरलाई समावेशी गराउँदै अगाडी कसरी बड्न सकिन्छ भन्ने विषयमा दुबै तर्फको समस्या र समाधानको विषयमा छलफल गरिएको छ । कार्यक्रममा सिओसीका सदस्यहरु बिच बालबालिकाहरुलाई असल र नैतिकवान बनाउने विषयमा छलफल गरिएको हो ।

पछिल्लो समय समुदायमा बालविवाह, लैंगिक हिंसा, अन्धविश्वास, दुर्व्यवहार, सामाजिक विभेद, परम्परागत सोँच, छाउपडि प्रथा, तानासाहि शासन पद्धती जस्ता हानिकारक प्रथा न्यूनिकरणका लागि अन्तरपुस्ता संवादको आवश्यकता रहेको कार्यक्रमका सहभागिहरुले बताएका छन् । पुस्ता अन्तर हुँदै जानु र धेरै अभिभावकहरुले आफ्ना छोराछोरीलाई समय दिन नसक्नुले बुवाआमा र छोराछोरी बिच संवाद हुन नसकेकाले हानिकारक कुप्रथाहरु समाजमा कायमै रहेको कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

पछिल्लो समयमा सामाजिक संजालको गलत प्रयोग, लागुपदार्थ दुव्र्यसनी, बालविवाह, लैंगिक हिंसा, बलात्कार तथा जातीय छुवाछुतले बालबालिकाहरुमा परेको असरले समाजमा हुने प्रभावलाई न्यूनिकरण गर्नुपर्ने कुरामा समेत विषेश जोड दिइएको छ । समाजमा घटेका घटनाहरुलाई बाहिर ल्याउन तथा जरा गाडेर बसेको विकृतिलाई अन्त्य गर्न अन्तरपुस्ता संवादलाई निरन्तरता दिनुपर्ने बताइएको छ ।

परियोजनाको मुख्य उद्देश्य बालविवाहसंग सरोकार राख्ने किशोरकिशोरी, अभिभावक र अन्य सरोकारवाला पक्षहरुलाई जानकारी, शसक्तिकरण र सहकार्य गर्दै बालविवाह न्यूनिकरण गर्दै लैजाने रहेको समेत भेरी वातावरणिय बिशिष्टता समुह (बि-ग्रुप) बर्दियाका सुपरभाइजर बिमला रावतले जानकारी दिनुभयो । नवराज ढुगांनाले सहजिकरण गर्नु भएको कायक्रममा सीओसीका किशोर–किशोरी, अभिभावक, बि–ग्रुपका कर्मचारी र समुदायका तर्फबाट विभिन्न व्यक्तिहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.