onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

रोजगारी अवसरका लागि लैङ्गीक समानता विषयक कार्यशाला सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबले बर्दियाको ठाकुरबाबा नगरपालिकामा ‘रोजगारी अवसरका लागि अभिभावकहरुलाई लैंगिक समानता’ विषयक कार्यशाला माघ २८ गते शनिबार सम्पन्न गरेको छ । क्लबले सोही प्रकारको कार्यशाला एक दिन अघि पनि आयोजना गरेको थियो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्वारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तरगत कार्यशालाको आयोजना गरिएको परियोजना संयोजक गोविन्द लामिछानेले बताउनुभयो । कार्यशालाको आयोजना युवा महिलाहरुलाई शिप सिक्न र रोजगारीमा लाग्न घर परिवारबाट सहयोग प्राप्त होस भन्ने उद्देश्यका साथ गरिएको परियोजना संयोजक लामिछानेले जानकारी दिनुभयो ।

कार्यशालाका प्रमुख अतिथि ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले लैंगिक समानता र रोजगारीका अवसरहरूका बारेमा बाबु–आमा, अभिभावक र घरका प्रमुखहरूलाई जानकारी गराउनका लागि कार्यशाला निकै महत्वपुर्ण रहेको बताउनुभयो । उहाँले नगरपालिकाले यस्ता परियोजनालाई पुर्ण सहयोग र समर्थन गर्ने तथा सोही प्रकारका आयआर्जन र आर्थिक अवस्थामा सुधार ल्याउने थप योजना र कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्दता पनि जनाउनुभयो ।

गुलरिया नगरपालिका र ठाकुरबाबा नगरपालिकामा सञ्चालित उक्त परियोजना अन्तरगत १० प्रकारका शिप विकास तालिमहरु सञ्चालन भइरहेको छ । उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका युवा महिलाहरुको सहभागिता रहेको छ । तालिम प्रदायक बडीमालिका मल्टी प्रपोज र नेशनल मानव विकास संस्थाले तालिम सञ्चालनका लागि जिम्मेवारी लिएका छन् ।

नगरपालिका भित्रका २५ जना अभिभावकको सहभागिता रहेको कार्यशालामा सहजीकरणको भूमिका अन्नत तालिम केन्द्र गुलरियाका कृष्ण प्रसाद पाण्डेले गर्नु भएको थियो भने परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाका बारेमा बिस्तृत जानकारी गराउँदै सहभागिहरुका विभिन्न जिज्ञासा पनि मेटाउनु भएको थियो ।

रोजगारीमा लाग्न घर र समुदायमा सकारात्मक वातावरण सिर्जना गर्ने लक्ष्यका साथ घरपरिवारका प्रमुख वा अभिभावकहरूका लागि आयोजना गरिएको सो अभिमूखिकरणबाट युवा महिलाहरूले घर र समुदायमा कुनै आपत्ति बिना आफ्नो प्राविधिक सीप सिक्न सकुन र तालिम जारी राख्न सकुन भन्ने कार्यशालाको मुख्य उदेश्य रहेको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.