onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

‘टुर दी ठाकुरद्वारा’ अन्तरगत ३०० साइकल यात्री बर्दियामा

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपालगञ्ज साइकिलिङ क्लबले आयोजना गरेको ‘टुर दी ठाकुरद्वारा’ पाँचौं संस्करणको साइकल यात्रीको टोेली शुक्रबार साँझ बर्दियाको पर्यटकीय नगरी ठाकुरद्वारा पुगेको छ । क्लबका अध्यक्ष सतिश निरौलाले शुक्रबार साँझ फेसबुकमा फोटो र स्टाटस लेख्दै झन्डै १०० किलोमिटरको रमाइलो साइकल यात्रा भब्यताका साथ पुरा भएको उल्लेख गर्नु भएको छ ।

साइकल यात्रीलाई बाँके र बर्दियाको नेपाल प्रहरी, निकुञ्ज क्षेत्रमा नेपाली सेना र यात्रा अवधिभर रक्षक सेक्युरिटीका सुरक्षाकर्मीले स्कर्टिङ गरेको अध्यक्ष निरौलाले जानकारी दिनुभयो । बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्दन गर्ने उद्देश्यले आयोजना गरिएको साइकल यात्रीलाई बिहान नेपालगन्जको बागेश्वरी मन्दिर परिसरबाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणा, प्रदेशसभा सदस्य रत्न खत्री, नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिले विदाइ गरेका थिए ।

बागेश्वरी मन्दिरबाट सुरु भएको साइकल यात्रा त्रिभुवन चोक, वीपी चोक, धम्बोझी चोक हुँदै खजुरा, बर्दियाको बढैयाताल गाउँपालिका, बाँसगढी नगरपालिका, बारबर्दिया नगरपालिकाको सतखलुवा ताल, बबई नदी, भुरीगाउँ बजार हुँदै साँझ ठाकुरद्वारा पुगेको हो । साइकल यात्रामा भारतबाट २९ सहित ३०० जनाको सहभागिता रहेको छ ।

Leave A Reply

Your email address will not be published.