लागुऔषध मुद्दाका फरार प्रतिवादी ठाकुरबाबा र मधुवनबाट पक्राउ
बर्दिया : लागुऔषध मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाय सुनाइएका फरार दुई जना पक्राउ परेका छन् । फरार रहेका ठाकुरबाबा नगरपालिका–६, बस्ने विश्व थारु र मधुवन नगरपालिका–८, बस्ने जीवन खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट बकुवाबाट खटिएको प्रहरी टोलीले आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फरार प्रतिबादी प्रेमलाल थारु र इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले फरार प्रतिबादी जीवन खत्रीलाई पक्राउ गरेको हो ।
बर्दिया जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका–६ का विश्व थारुलाई २०७८ भदौ १ गते लागुऔषध मुद्दामा २१ दिन कैद सजाय र १ हजार ३३३ रुपैयाँ ३३ पैसा जरिवाना तोकेको थियो भने मधुवन नगरपालिका–८ का जीवन खत्रीलाई २०७२ चैत २ गते लागुऔषध मुद्दामा ५ हजार जरिवाना तोकेकोमा प्रतिवादीहरु फरार भएका थिए ।
फरार रहेका विश्व थारु र जीवन खत्रीलाई नियन्त्रणमा लिएर माघ १६ गते जिल्ला अदालत बर्दियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।