
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको आयोजना र त्रिभुवन नमूना माध्यमिक विद्यालय भुरिगाउँको प्राविधिक सहयोगमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ७ मा १ दिने निःशुल्क पशु स्वास्थ्य शिविर सञ्चालन भएको छ ।
सञ्चालित शिविरमा नगरपालिकाका पशु चिकित्सक सहितको टोलीले पशुपन्छिको उपचार तथा आन्तरिक तथा बाह्य परजीवी विरुद्ध ओैषधि वितरण समेत गरिएको छ । पशु सेवा केन्द्रको पहुँच भन्दा टाढा रहेका कृषकलाई सेवा दिने उद्देश्यले शिविर आयोजना गरिएको हो । शिविरमा ४५० घरधुरीले सेवा लिएका छन । ७५० पशुहरुलाई आन्तरिक तथा बाह्य परजीवी विरुद्ध औसधि वितरण गरिएअको छ । ३० वटा कुकुरलाई रेविज विरुद्ध खोप लागाईएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुखले नगरपालिकाले कृषकको मागलाई मध्यनजर गर्दै पशुको बिमा गर्नका लागि राष्ट्रिय विमा कम्पनी संगको सहकार्यमा पशु विमा कार्यक्रम समेत सञ्चालन गरेरहेकोले सवैलाई पशु विमा गराउन अनुरोध गर्नुभएको छ ।