onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बारबर्दिया : राष्ट्रपति रनिङ्गशिल्डको उपाधि सरस्वती विद्यालयलाई

मेयरकप फुटबलको उपाधी युवक माध्यमिक विद्यालयलाई

Sambad ADD long

जमुनिया, बर्दिया : बारबर्दिया नगरपालिकामा जारी नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्गशिल्ड तथा तेस्रो मेयरकप फुटबल प्रतियोगिता बिहीबार सकिएको छ । बारबर्दिया नगरपालिका–१, जमुनियामा रहेको सरस्वती माध्यमिक विद्यालयले यस वर्षको रनिङ्गशिल्ड जित्न सफल भएको छ । दोस्रो राष्ट्रपति रनिङ्गशिल्ड तथा तेस्रो मेयरकप प्रतियोगिता समन्वयको जिम्मेवारी समेत यसै विद्यालयले पाएको थियो ।

रनिङ्गशिल्ड अन्तरगतका ३२ वटा खेल मध्य ९ स्वर्ण, ६ रजत र ९ कास्य गरि कुल २४ वटा पदक सहित सरस्वती माध्यमिक विद्यालयले रनिङ्गशिल्ड जितेको हो । यस्तै युवक माध्यमिक विद्यालय जोगिगाउँ ७ स्वर्ण, २ रजत र ८ कास्य गरि जम्मा १७ वटा पदक सहित दोस्रो र अंशुवर्मा माध्यमिक विद्यालय जयनगर ५ स्वर्ण, ५ रजत र ४ कास्य गरि १४ वटा पदक सहित तेस्रो भएको छ ।

यसैगरी तेस्रो मेयरकप फुटबल प्रतियोगिता अन्तरगत छात्र तथा छात्रा दुवै तर्फको उपाधी युवक माध्यमिक विद्यालय जोगिगाँउले जितेको छ । सरस्वती माध्यमिक विद्यालय जामुनीय छात्र तर्फ र छात्रा तर्फ नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बेलवाबज्जा दोस्रो बनेका छन् । फुटबल अन्तरगत छात्रतर्फ तृतीय स्थान धर्मभक्त माध्यमिक विद्यालय कतरनीया र छात्रातर्फ जनसेवा माध्यमिक विद्यालय बैदीले प्राप्त गरेको प्रतियोगिता संचालन सचिवालय संयोजक नरेश थारुले जानकारी दिनुभयो ।

बारबर्दिया नगरपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय बारबर्दिया नगरपालिका–१, जमुनियाको आतिथ्यतामा माघ ६ गते शुक्रबार देखि संचालन भएको बारबर्दिया नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्गशिल्ड तथा तेस्रो मेयरकप फुटबल प्रतियोगिता विहिबार सम्पन्न भएको हो । बारबर्दिया नगरपालिकामा रहेका १४ वटा सामुदायिक र २ संस्थागत विद्यालय गरि १६ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिता मौषम प्रतिकुलताका कारण माघ १२ गते सम्पन्न भएको हो ।

नगरस्तरीय दोस्रो राष्ट्रपति रनिङ्गशिल्ड तथा तेस्रो मेयरकप फुटबल प्रतियोगिताका खेलहरु विद्यालयको खेलमैदान, बारबर्दिया नगरपालिका–१ मा रहेको राजीपुर खेलमैदान र जोधिपुरको सम्झना चोकमा रहेको खेल मैदानमा सम्पन्न भएको सरस्वती माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.