अब बारबर्दियामा विवाह गर्न वडाको सिफारिस चाहिने
जयनगर, बर्दिया : बारबर्दिया नगरपालिका वडा नम्बर २ को निर्णय अनुसार अब विवाह गर्नका लागि वडा कार्यालयको सिफारिस चाहिने भएको छ । बारबर्दिया नगरपालिकाको वडा नम्बर २ ले विवाह गर्नु अघि वडाको सिफारिस लिनु पर्ने भन्दै सूचना जारि गरेको हो । देशभरमा बालविवाह बढ्दै गएको कारण बाल विवाह रोक्नको लागि उक्त कदम चालेको वडा कार्यालयले जनाएको छ।
अब वडाबासीले विवाह गर्नु पहिले वडा कार्यालयबाट सिफारिस लिनु पर्नेछ । वडा अध्यक्ष राम फेरन थारुद्वारा हस्ताक्षरित पत्रमा बालविवाह न्यूनिकरणका लागि वडा अन्तरगतमा पर्ने सम्पूर्ण गाउँ तथा टोल बस्तीहरुमा विवाह गर्नु पुर्व वडाबाट सिफरिस लिई विवाह कार्यलाई अगाडी बढ्न तथा बढाउन जानकारी गराई सहयोग गरिदिन वडघरहरुलाई अनुरोध गरिएको छ ।