onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियाको विभिन्न ठाउँबाट सजाए सुनाइएका फरार ६ जना पक्राउ

पक्राउ परेकाहरुलाई अदालतको आदेश अनुसार कारबाही अघि बढाईँदै

Sambad ADD long

बर्दिया : विभिन्न मुद्दाका ६ जना फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दिया मातहतका प्रहरी चौकीहरुले फरार प्रतिवादीहरुलाई पक्राउ गरेका हुन् । बर्दियाको ठाकुरबाबा नगरपालिका र गुलरिया नगरपालिकाको विभिन्न ठाउँबाट फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सवारी ज्यान मुद्दामा ४ वर्ष ११ महिना १ दिन कैद सजाय सुनाइएका फरार प्रतिवादी ठाकुरबाबा नगरपालिका–२, रानिपुर बस्ने वर्ष ५६ को बाधु थारुलाई सजाए सुनाइएको २० वर्ष पछि पक्राउ गरिएको हो । ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बस्ने फरार रहेका बाधु थारुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँबाट खटिएको प्रहरी टोलीले माघ ९ गते सोमबार घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो ।

फरार प्रतिवादीलाई २०५९ चैत १० गते बर्दिया जिल्ला अदालत गुलरियाले ४ वर्ष ११ महिना १ दिन कैद सजाएको फैसला सुनाएको थियो । फरार रहेका बाधु थारुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

बर्दिया प्रहरीले माघ ९ गते सोमबार नै चेक अनादर मुद्दामा २ हजार ५०० रुपैयाँ जरिवाना तोकिएकी गुलरिया नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मी मगर, जग्गा खिचोला मुद्दामा १ हजार रुपैयाँ जरिवाना तोकिएका गुलरिया नगरपालिका वडा नम्बर ४ बस्ने कमानसिंह थारु तथा गाली बेइजती मुद्दामा १०० रुपैयाँ जरिवाना तोकिएकी गुलरिया नगरपालिका वडा नम्बर १ बस्ने महारजिया थरुनीलाई समेत पक्राउ गर्न सफल भएको छ ।

चेक अनादर मुद्दामा लक्ष्मी मगरलाई २०७९ असोज ४ गते, जग्गा खिचोला मुद्दामा कमान सिंह थारुलाई २०७६ बैशाख ६ गते र गाली बेइजती मुद्दामा महारजिया थरुनीलाई २०६४ पुस २५ गते बर्दिया जिल्ला अदालतले जरिवाना तोकेकोमा प्रतिवादीहरु फरार रहेका थिए ।

यस्तै म्याग्दी जिल्ला अदालतबाट सम्बन्ध बिच्छेद मुद्दामा १२५ रुपैयाँ जरिवाना तोकिएकी गुलरिया नगरपालिका–१ बस्ने मिसु शाही र २०६४ मंसिर २८ गते बर्दिया जिल्ला अदालतबाट पुनः चलन मुद्दामा एक सय रुपैयाँ जरिवाना तोकिएका लक्ष्मी नारायण लोधलाई पक्राउ गरि जिल्ला अदालत बर्दियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.