onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

खर–खडाईका लागि निकुञ्ज प्रवेश गरेकी महिला बाघको आक्रमणबाट घाइते

Sambad ADD long

भुरीगाउँ, बर्दिया : खर–खडाईका लागि बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्नुभएकी एक महिला बाघको आक्रमणबाट घाइते हुनुभएको छ । ठाकुरबाबा नगरपालिका–३, नेउलापुर गाउँकी ३२ वर्षिया जानकी कार्की बाघको आक्रमणबाट घाइते हुनुभएको हो ।

घाइते कार्कीको कुममा बाघले आक्रमण गर्दा गम्भीर घाउ रहेको र भुरीगाउँको स्थानीय अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो ।

हिजो पहिलो दिन पनि गैँडाको आक्रमणमा परि गेरुवा गाउँपालिकाका २ जना सामान्य घाइते भएका निकुञ्जले जनाएको छ । उहाँहरुको पनि नेपालगन्जमा उपचार भइरहेको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जले हरेक वर्ष पुस वा माघ महिनामा मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि घर छाउने खर र गाइबस्तु बाँध्ने डोरीका लागि बाबियो काट्न खर–खडाईका लागि निकुञ्ज प्रवेश खुल्ला गर्ने गर्छ । यस वर्ष हिजो सोमबार र आज मंगलबार दुई दिनका लागि निकुञ्ज प्रवेश खुल्ला गरेको थियो ।

Leave A Reply

Your email address will not be published.