onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बाघको आक्रमणबाट खर–खडाईका लागि निकुञ्ज गएकी महिला घाइते

Sambad ADD long

भुरीगाउँ, बर्दिया : खर–खडाईका लागि बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्नुभएकी एक महिला बाघको आक्रमणबाट घाइते हुनुभएको छ । ठाकुरबाबा नगरपालिका–३, नेउलापुर निवासी जानकी कार्कि (बिष्ट) बाघको आक्रमणबाट घाइते हुनुभएको हो ।

घाइते जानकीको कुममा बाघले आक्रमण गर्दा गम्भीर घाउ रहेको र स्थानीय असिम अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज लगिएको बर्दिया निकुञ्जका सुचना अधिकारी मुकुन्द संजेलले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.