onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : विभिन्न मुद्दामा फरार ६ जना पक्राउ

पक्राउ परेकाहरुलाई अदालतको आदेश अनुसार कारबाही अघि बढाईँदै

Sambad ADD long

बर्दिया : ज्यान मार्ने उद्योग मुद्दा र पुन चलन मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए सुनाइएका फरार ६ जनालाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको छ । बर्दियाको राजापुर नगरपालिका र बढैयाताल गाउँपालिकाको विभिन्न ठाउँबाट फरार रहेका प्रतिवादीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा ७ वर्ष ११ महिना ५ दिन कैद र १ लाख रुपैयाँ जरिवाना सजाय सुनाइएका फरार प्रतिवादी जिल्ला राजापुर नगरपालिका–४ बस्ने रईस अहमद सिद्धिकीलाई सजाए सुनाइएको ६ महिना पछि पक्राउ गरिएको हो । राजापुर नगरपालिका वडा नम्बर ४ बस्ने फरार रहेका सिद्धिकीलाई जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत इलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले माघ ५ गते घरबाट नै पक्राउ गरेको हो ।

फरार प्रतिवादीलाई २०७९ असार २९ गते बर्दिया जिल्ला अदालत गुलरियाले ७ वर्ष ११ महिना ५ दिन कैद र १ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । फरार रहेका अहमद सिद्धिकीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि बर्दिया कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यस्तै पुनः चलन मुद्दामा जनही ५०० रुपैयाँ जरिवाना सजाय तोकिएका फरार ५ जना प्रतिवादीहरुलाई बर्दिया प्रहरीले पक्राउ गरेको छ । बर्दिया जिल्ला अदालत गुलरियाको २०७८ माघ २७ गतेको आदेशले सजाए सुनाइएको प्रतिवादीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा बढैयाताल गाउँपालिका वडा नम्बर ४ बस्ने खुशीराम थारु, पाटनदिन थारु, मंगता थारु, भग्गु थारु र बालकराम थारु पक्राउ परेका हुन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बर्दिया मातहत इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरी टोलीले माघ ५ गते घरबाट नै पक्राउ गरेको हो । फरार रहेका ५ जनालाई नै नियन्त्रणमा लिएर जिल्ला अदालत बर्दियामा पेश गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक हृदेश कुमार सापकोटाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.