ठाकुरबाबामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका वडा नम्बर ४ मा रहेको बगनाहा स्वास्थ्य चौकीमा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । माघ ७ गते शनिबार संचालन भएको शिविरमा विभिन्न रोगहरुबाट पिडित विरामीहरुलाई खानपान र जीवनशैलीका बारेमा परामर्श समेत दिइएको छ ।

शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण, औषधी वितरण, रगत र पिसाबको जाँच तथा स्वास्थ्य जीवनशैलीका लागि आहार तथ व्यहार र योग सम्बन्धी परामर्श दिइएको छ । शिविरमा स्थानीय जडिबुटी सम्बन्धी जानकारी समेत गराइएको छ ।

शिविरमा ७० जना भन्दा बढिले लाभ लिएका छन् । निःशुल्क स्वास्थ्य शिविरमा जनरल फिजीसियन डाक्टर कलावती विश्वकर्मा, आयुर्वेेदिक चिकित्सक गोविन्द ढकाल, बरिष्ठ बैद्य निरीक्षक लोकलाज पाण्डे, कविराज आसा चौधरी, हेमा चौधरी लगायतले सेवा प्रदान गर्नु भएको कविराज ठाकुर सिंह थारुले जानकारी दिनुभयो ।

Loading...