onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबामा नगर शिक्षा ऐन संशोधन, अब अभिभावक वा शिक्षाविज्ञ अध्यक्ष बन्ने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिकाको सम्पूर्ण विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधीलाई बनाउनु उचित नभएको बताउँदै नगरसभाद्वारा ठाकुरबाबा नगर शिक्षा ऐन संसोधन गरिएको छ । बुधबार नगरसभाबाट ऐन संसोधन पारित भएसंगै ठाकुरबाबा नगरपालिकामा संचालित सम्पूर्ण सामुदायिक विद्यालयहरुको व्यवस्थापन समिति भंग भएको छ ।

झण्डै साढे ४ वर्ष अघि जेठ मसान्त महिनामा ठाकुरबाबा नगरपालिकाको नगरसभाले अभिभावक तथा शिक्षाविज्ञबाट विद्यालय व्यवस्थापन समिति अध्यक्ष बन्ने प्रावधान हटाएर निर्वाचित जनप्रतिनिधीलाई अध्यक्ष बनाउने गरि शिक्षा ऐन ल्याएको थियो । विद्यालय विकासको जिम्मेवारी पनि जनप्रतिनिधीकै रहेको भन्दै विद्यालयको व्यवस्थापन नगरपालिकाले गर्दा प्रधानाध्यापक तथा शिक्षकहरुलाई शैक्षिक कार्यमा ध्यान केन्द्रित गर्न सहज हुने र शैक्षिक गुणस्तर कायम गर्न टेवा पुग्ने जनाउँदै जनप्रतिनिधीलाई अध्यक्ष बनाउने गरि नगर शिक्षा ऐन ल्याईएको थियो ।

नगर भित्रका केही अभिभावक तथा शिक्षाप्रेमीहरुले कार्य व्यस्ततामा रहने जनप्रतिनिधीलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु उपयुक्त नहुने तर्क गरेका थिए । कुनै वडामा ५ वटासम्म सामुदायिक विद्यालय भएको र सबै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष जनप्रतिनिधीलाइ बनाउँदा विद्यालयको शैक्षिक गुणस्तरमा ह्रास आउन सक्नेमा समेत अभिभावकहरुले चिन्ता व्यक्त गरेका थिए । तर संविधान र स्थानीय सरकार सञ्चालन ऐनले गरेको व्यवस्था अनुसार यस्तो निर्णय भएको बताउँदैे स्थानीय सरकार सञ्चालन ऐनको परिच्छेद ३ को उपदफा २ खण्ड ‘ज’ को सात ७ नम्बर बुँदामा विद्यालय व्यवस्थापन समिति गठन तथा व्यवस्थापन व्यवस्थालाई नगरपालिकाले कार्यान्वयनमा ल्याएको थियो ।

अहिले फेरी शिक्षा ऐन संसोधन गरि अब पहिले झैँ अभिभावक तथा विद्यालय आसपासका गाउँका शिक्षापविज्ञ अध्यक्ष बन्ने बाटो खुलेको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिनुभयो । बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका रहेका छन् । अन्य ७ वटै स्थानीय तहहरुमा अभिभावक तथा शिक्षाविज्ञ मध्येबाट विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने प्रावधान रहि आएको छ, त्यहि अनुसार अब अभिभावक तथा शिक्षाविज्ञलाई नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउने गरि शिक्षा ऐन संसोधन गरि बहुमतले पारीत गरिएको नगर प्रमुख तिलकराम लम्सालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.