
भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–३, गोदानाको कोपिला सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पूर्ण बहादुर शाही निर्वाचित हुनु भएको छ । निर्वाचित शाहीले प्रतिस्पर्धीलाई ५१ मतले पछि पार्दै १२० मत प्राप्त गरि अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।
अध्यक्ष पदका उम्मेदवार प्रतिस्पर्धी धनविर शाहीले ६९ मत प्राप्त गर्नुभयो । सामुदायिक वन उपभोक्ता समुहको नयाँ कार्यसमिति चयनमा अध्यक्ष पदमा मात्रै सहमति हुन नसकेपछि निर्वाचन प्रकृयाबाट चयन गरिएको हो । २२० उपभोक्ता मतदाता रहेकोमा १९२ मत खसेको थियोे जसमध्ये ३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । अध्यक्ष पद बाहेक कार्यसमितिका अन्य पदमा सर्वसम्मत चयन गरिएको छ ।
उपाध्यक्षमा सुर्जा कठायत, सचिवमा भागिमन्त रोकाय, सह सचिवमा सावित्रा थापा, कोषाध्यक्षमा निर्मला शाहि सर्वसम्मत चयन हुनुभएको छ । सदस्यहरुमा शान्त बहादुर रावल, अर्जुन बहादुर चन्द, अनिपाल दमाई, टिकाराम थारु, धनपुरा बम, पुष्पा केशी, गीता थारु, मोहनसिँह कठायत, देब बहादुर शाही, मोहन रोकाय, टिकासिँह सुनार खम्ब अधिकारी, औँसे सुनार सर्वसम्मत चयन हुनुभएको छ ।