online-aama-surachhya-sandesh

भुरीगाउँ जेष्ठ नागरिक चौतारीको साधारणसभा सम्मान

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको जेष्ठ नागरिक चौतारीले आफ्नो ८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । साधारणसभामा आर्थिक वर्ष २०७८/७९मा भएको खर्चहरुको विवरण प्रस्तुत गर्दै सदस्यहरुलाई सम्मान गर्दै साधरणसभा सम्पन्न भएको हो ।

जेष्ठ नागरिक चौतारीले आर्थिक वर्ष २०७८/७९मा १ लाख ९४ हजार ३२४ रुपैयाँ आम्दानी रहेकोमा १ लाख ८१ हजार ८४ रुपैयाँ खर्च गरेको छ । चौतारीको बचत खातामा १३ हजार २४० रुपैयाँ मौज्जात रहेको छ । जसमा ९ हजार २६१ रुपैयाँ नगद र ३ हजार ९७९ रुपैयाँ बैंकमा मौज्दात रहेको चौतारीका लेखा संयोजक हरि कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सम्मानको क्रममा २ हजार भन्दा बढि रकम प्रदान गर्ने जेष्ठ नागरिक ११ जना, ५ जना अपांगता भएकाहरु, दैनिक दिवा सेवामा सबै भन्दा धेरै दिन उपस्थित हुने ४ जना, सक्रिय सहभागिता जनाउने जनजाति मध्य २ जना र दलित १ जनालाई सम्मान स्वरुप सम्मान–पत्र प्रदान गरिएको छ । कार्यक्रममा ठाकुबाबा नगरपालिकाकी नगर उप–प्रमुख बिना कुमारी भट्टराईले सम्बोधन गर्दै जेष्ठ नागरिकहरु जिउँदो इतिहास भएको बताउनुभयो । जेष्ठ नागरिकहरु उर्जावान शक्तिको रुपमा रहेको बताउँदै आफ्नो व्यक्तिगत तथा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्दता जनाउनु भएको छ ।

नगर उप–प्रमुख भट्टराईले आफ्नो जन्मदिनको अवसरमा चौतारीलाई व्याक्तिगत ५ हजार नगद दिनु भएको छ । चौतारीको वार्षिक साधारणसभाको अवसर पारेर कार्यक्रममै जेष्ठ नागरिक चौतारीका अध्यक्ष मायाराम खनाललाई हस्तान्तरण गर्नु भएको हो । संस्थाका अध्यक्ष मायाराम खनालको सभापतित्व तथा ठाकुबाबा नगरपालिकाकी नगर उप–प्रमुख बिना कुमारी भट्टराईको प्रमुख अतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.