onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नेपाल औषधी व्यवसायी संघ, बर्दियाको अध्यक्षमा पुनः रेग्मी सर्वसम्मत

Sambad ADD long

भुरीगाउँ, बर्दिया : नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बर्दियाको दोस्रो अधिवेशन ठाकुरद्वारामा सम्पन्न भएको छ । अधिवेशनले अध्यक्षमा पुनः सुरेश कुमार रेग्मी सहित ११ सदस्यिय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बर्दियाको विधान बमोजिम सुरेश कुमार रेग्मी अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । यसै गरी उपाध्यक्षमा दीपक ढुंगाना, महासचिवमा देबेन्द्रराज काफ्ले, सचिवमा सावित्रा चौधरी, कोषाध्यक्षमा मंगलराम थारु सर्व सम्मत चयन हुनु भएको निवर्तमान महासचिव एवम् के.पि. पोलिक्लिनिकका संचालक कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो । यसैगरी अधिवेशनबाट सह-कोषाध्यक्षमा किराचन चौधरी, सदस्यहरुमा खडक बहादुर विश्वकर्मा, आशिष तिमिल्सिना, टिकाराम थारु र बलराम भट्टराई सर्वसम्मत चयन हुनु भएको निर्वाचन अधिकृत विष्णु ज्ञवालीले जानकारी दिनुभयो ।

नेपाल औषधी व्यवसायी संघ जिल्ला शाखा बर्दियाका अध्यक्ष सुरेश कुमार रेग्मीको सभापतित्वमा सम्पन्न भएको अधिवेशनमा नेपाल औषधी व्यवसायी संघका केन्द्रिय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठको प्रमुख आतिथ्यता तथा केन्द्रिय बरिष्ठ उपाध्यक्ष बाबुराम भट्टराई, दिपेन्द्र शाह, केन्द्रिय सदस्य प्रकाश श्रेष्ठ, लुम्बिनी प्रदेशको औषधी व्यवस्थापन विभागका निनु श्रेष्ठ, नेपाल औषधी ब्यवसायी संघ प्रदेश सल्लाहकारहरु डा. रोमा बोरा, शिव प्रसाद पाण्डे र भारती जोशी, ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी, रेडियो टाइगरका प्रबन्ध निर्देशक भावुक योगी, इलाका प्रहरी कार्यालय बगनाहा भुरीगाउँका प्रहरी निरिक्षक पवन पँछाई लगायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.