‘नेवाः देय् दबू’को ठाकुरबाबा नगर कमिटी गठन
ठाकुरबाबा नगर कमिटीको अध्यक्षमा भोल प्रसाद श्रेष्ठ सर्वसम्मत

बगनाहा, बर्दिया : भाषा र संस्कृतिको जगेर्ना गर्दै नेवाः पहिचान जोगाऔं भन्ने नारा सहित नेवार समुदायको स्वतन्त्र संस्था नेवाः देय् दबू अर्थात् नेवार राष्ट्रिय संगठन बर्दियाले ठाकुरबाबा नगर कमिटि गठन गरेको छ । भोल प्रसाद श्रेष्ठको अध्यक्षतामा ९ सदस्यिय ठाकुरबाबा नगर कमिटी गठन गरिएको हो ।
नगर कमिटी गठन कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष मोहनलाल श्रेष्ठले कला संस्कृतिको संरक्षणमा नेवारी जातिको महत्वपूर्ण योगदान रहेको बताउँदै नेवाः समुदायको नयाँ पुस्तालाई नेवाः संस्कृतीको विषयमा जानकारी गराउन नसक्दा कयौ सस्कृतिहरु लोप हुने अवस्था रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष श्रेष्ठले नयाँपुस्ताहरुलाई सो बारे जानकारी गराउनु पर्ने बताउनु भयो । अध्यक्ष श्रेष्ठले बर्दिया जिल्ला बहुजातिय जिल्ला भएकाले जिल्लाको विकासमा आदिबासी जनजातिहरुबाट संस्थागत रुपमा महत्वपूर्ण योगदान पुग्दै आएको बताउनु भयो । बर्दियाको पहिचान विविध जातिय संस्कृति भएकाले जातिय संस्थाहरु अझ सकृय बन्दै जानुपर्नेमा जोड दिनु भयो ।
सम्पन्न भेलाले ठाकुरबाबा नगरपालिका–३, मानपुर निवासी भोल प्रसाद श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा भिष्मेन्द्र बिक्रम श्रेष्ठ, सचिवमा सौगात श्रेष्ठ, सह–सचिवमा रिता श्रेष्ठ, कोषाध्यक्षमा यूवराज श्रेष्ठ चयन हुनु भएको छ । सदस्यहरुमा नन्द कुमारी श्रेष्ठ, राम कुमार शाक्य, तुलाराम श्रेष्ठ र पशुपती श्रेष्ठ चयन हुनु भएको छ । बर्दिया जिल्लाका सबै स्थानिय तहहरुमा कमिटि गठन गर्दै जाने उद्देश्य अनुरुप ठाकुरबाबा नगरपालिकामा कमिटि गठन गरिएको नेवाः देय् दबू (नेवार राष्ट्रिय संगठन) ठाकुरबाबा नगर कमिटीका सचिव सौगात श्रेष्ठले जानकारी दिनुभयो ।
नेवारी समुदायको हकहित भाषा–भेषभुषा कला संस्कृति, रितिरिवाजलाई जगेर्ना गर्नको लागि नव गठित कमिटीले पहल गर्ने नेवाः देय् दबू ठाकुरबाबा नगर कमिटीका नव निर्वाचित अध्यक्ष भोल प्रसाद श्रेष्ठले बताउनु भयो । नेवाः देय् दबू नेवार समुदायको देशभरीका जिल्लाहरुमा शाखा सञ्जाल भएको संगठन हो । नेवार समुदायको भाषा, संस्कृति, इतिहासको क्षेत्रमा दबुले विभिन्न कार्यक्रम गर्दै आएको छ ।