भुरीगाउँ, बर्दिया : सहकारी व्यवस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम ठाकुरबाबा नगरपालिकामा सम्पन्न भएको छ । सहकारी दर्ता अधिकारीको कार्यालय, राप्ती उपत्यका दाङको आयोजनामा बिहिबार भुरीगाउँ स्थित रोयल एड्भेन्चर रिसोर्टको सभाहलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
सहकारी व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रमममा बर्दियामा रहेका सहकारीहरुले अवलम्बन गरेका अभ्यास तथा कार्यहरु एकआपसमा सिकाइ गर्ने, सहकारीले गर्नुपर्ने न्यूनतम दायित्व, कार्य क्षेत्रको कामबारे छलफल, सहकारीका समस्या र चुनौतीहरुको पहिचान तथा सहकारीमा देखिएका विकृतीको कारण लगायतका विषयमा छलफल गरिएको छ । छलफल पश्चात सहकारीका समस्या तथा चुनौतीहरु पहिचान गरी सो को निराकरणका लागि अवलम्बन गर्नुपर्ने उपाय, सहकारीमा लेखा व्यवस्थापन र सुशासनको विकास लगायतका विषयमा अन्तरक्रिया गरिएको जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गानाले बताउनुभयो ।
बर्दियामा संचालनमा रहेका पालिका र प्रदेशस्तरका विभिन्न सहकारीहरुबाट ५० जना भन्दा बढिको उपस्थिती रहेको कार्यक्रममा सहकारीको वर्तमान अवस्था, समस्या र चुनौतीका विषयमा कृहत छलफल गरिएको छ । सहकारी दर्ता अधिकारीको कार्यालय लुम्बिनी प्रदेशका दर्ता अधिकारी भिम प्रसाद तिवारीको अध्यक्षता रहेको कार्यक्रममा लुिम्बनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टिकाराम पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो ।
जिल्ला सहकारी संघ बर्दियाका अध्यक्ष नवराज ढुङ्गाना, जिल्ला सहकारी संघ बदियाका उपाध्यक्ष नेत्र प्रसाद सापकोटा, विश्वासिलो साकोसका अध्यक्ष चित्र प्रसाद खनाल, बचत तथा ऋण सहकारी संघ बर्दियाका अध्यक्ष नवराज न्यौपाने, राष्ट्रिय सहकारी संघका प्रतिनिधि रुद्र बहादुर खड्का लगायत विभिन्न सहकारीका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।