onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

शारदा आधारभूत विद्यालयले मनायो ३८औं वार्षिकोत्सव

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–५, शाहिपुरमा रहेको शारदा आधारभूत विद्यालयले बिहिबार स्थापनाको ३८औं वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु प्रसाद थारुको सभापतित्व तथा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको प्रमुख आथित्यतामा र उप–प्रमुख बिना कुमारी भट्टराईको विशेष आथित्यतामा वार्षिकोत्सव समारोह सम्पन्न भएको हो ।

नगर प्रमुख लम्सालले उद्घााटन गर्नु भएको कार्यक्रममा जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख सिता भण्डारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्य, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो । वार्षिकोत्सव समारोहमा पुर्व शिक्षकहरू तथा नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड खेलकुदमा उत्कृष्ठ प्रदर्शन गर्ने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा विद्यालयका पुर्व प्रधानाध्यापक नवराज ढुंगानालाई सम्मान गर्दे मायाँको चिनो प्रदान गरि बिदाई गर्नुका साथै सरुवा भइ आउनु भएका शिक्षक सानु कान्छा तामाङलाइृ स्वागत गरिएको विद्यालय प्रशासनले जनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको प्रमुख अथिती रहनु भएका नगर प्रमुख लम्सालले सरकारी विद्यालयहरुले पनि निजी विद्यालयको स्तरकै गुणस्तरिय शिक्षा प्रदान गरि रहेको बताउँदै नगरपालिकाको शिक्षाको अवस्था सुधार गर्न आफु लागि परेको बताउनु भयो । शिक्षा नै जीवन परिवर्तनको माध्ययम भएको बताउँदै आफ्ना छोराछोरीहरुलाईे शिक्षा पाउने अधिकारबाट बन्चित नगराउन समेत अभिभावकहरुलाई आग्रह गर्नुभयो

कार्यक्रममा ठाकुरबाबा नगर उप–प्रमुख बिना कुमारी भट्टराई, शिक्षा शाखा प्रमुख सिता भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नु भएको विद्यालय प्रशासनले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.