एनटिएनसी बर्दियाद्वारा नेरामाविलाई डेस्कबेन्च सहयोग

भुरीगाउँ, बर्दिया : राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सी.) बर्दिया संरक्षण कार्यक्रम अन्तरगत बेतहनी बर्दियाले विद्यालयलाई डेस्क  बेन्च वितरण गरेको छ । एन.टि.एन.सी. बर्दियाले एक कार्यक्रमको आयोजना गरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ठाकुरद्वारालाई २० वटा सेट डेस्क बेन्च सहयोग गरेको हो ।

केहि समय अघि देखि नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले माध्यमिक तहको अध्यापन सुरु गरेको हो । माध्यमिक तहको अध्यापन सुरु गरे संगै भौतिक सामाग्री तथा शिक्षकको व्यवस्थापनको कार्य गरि रहेको विद्यालयलाई केहि सहजता होस भनेर सामाग्री प्रदान गरिएको एन.टि.एन.सी. बर्दियाले जनाएको छ ।

सामाग्री उपलब्ध गराएकोमा राष्ट्रिय प्रकृति संरक्षण कोष (एन.टि.एन.सी.) बर्दियालाई विद्यालय प्रशासनले धन्यवाद प्रदान गरेको छ ।

Loading...