onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

आज पुस १५ : घिउ/तेलमा बनाइएका परिकार खाएर मनाइँदै

Sambad ADD long

काठमाण्डौ : आज पुस १५, पुस १५ को दिन घिउ/तेलमा तारेर पकाइएको खानेकुरा अथवा घिउ हालेको भात वा घिउ खट्टे खाने गरिन्छ । घिउमा चामललाई भुटेर सखर हालेर बनाइने परिवारलाई घिउ खट्टे भनिन्छ । यसले शरीरमा ऊर्जासँगै ताप दिने जनविश्वास छ ।

आज देश भरी नै घिउ/तेलमा बनाइएको विभिन्न परिकार खाएर पुस १५ मनाइँदै छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तथा तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमुल र डोटेली खानाका मिठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ । कन्दमुलजस्ता खानेकुरा खाँदा चिसो समयमा शरीर फुर्तिलो हुने र तागत बढ्ने किंवदन्ती छ ।

पुस १५ को आसपास सबैभन्दा चिसो समय हुने भएकाले चिसोबाट बच्न र शरीरसमेत फूर्तिलो हुने भएकाले चिल्लो पदार्थ हालेका तातो खानेकुरा खाने गरिएको हो । आजको दिन वनभोज जाने चलन पनि छ । तर पछिल्लो समय यो चलन बिस्तारै हराउँदै गएको छ ।

पुस १५ गतेको रातलाई वर्षभरिकै सबैभन्दा लामो रात पनि मानिन्छ । पुस १५ गतेपछि दिन बिस्तारै लम्बिँदै जाने जनविश्वास छ । तस्वीर : शिवराम घिमिरिको फेसबुकबाट

Leave A Reply

Your email address will not be published.