
मैनापोखर, बर्दिया : बृद्द सत्संग समूह आश्रम बढैयातालले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेर १८ औ वार्षिक उत्सब मनाएको छ । पशुपति शान्ति शिवालय सुदामा बृद्ध सत्संगं समूहले वाार्षिकोत्सवको अवसरमा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा बितरण गरेको हो ।
सुदामा आश्रमका अध्यक्ष टुकराज घिमिरेको अध्यक्षता, बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको बिशेष आतिथ्यतामा बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा रहेका १२८ जना जेष्ठ नागरिकहरुलाई न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
बढैयाताल गाउँपालिका वडा नम्बर ८ को आर्थिक सहयोगमा न्यानो कपडा वितरण गरिएको आश्रमले जनाएको छ ।