onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

कोभिड–१९को नयाँ संक्रमण फैलिएसंगै ठाकुरबाबामा उच्च सतर्कता अपनाइँदै

कोभिड–१९को शंकास्पद लक्षण भएकालाई परिक्षणको दायरामा ल्याइने

Sambad ADD long

भुरीगाउँ, बर्दिया : छिमेकि देश चीन र भारतमा कोभिड–१९ को नयाँ भेरियण्ट संक्रमण फैलिएसंगै नेपालमा पनि फैलिन सक्ने भन्दै ठाकुबाबामा उच्च सतर्कता अपनाउन थालिएको छ । ठाकुरबाबा नगरपालिकाको कार्यालयमा बुधवार बसेको स्थानीय संकट व्यवस्थापन केन्द्र (एलसिएमसी) बैठकमा स्वास्थ्य मापदण्ड पालना गर्न नगरबासीलाई आग्रह गरिएको छ ।

कोभिड–१९ विरुद्दको खोप लगाउन छुटेका नगरबासीलाई खोप, शंकास्पद लक्षण भएकालाई परिक्षण, बिरामीका लागि बेड र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राख्ने सिएमसी बैठकले निर्णय गरेको ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखा प्रमुख इन्द बहादुर राजबंशीले जानकारी दिनुभयो । ठाकुरबाबा नगरपालिका स्तरीय एलसिएमसिका संयोजक एवम् नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा आज बसेको बैठकमा नेपाल सरकार गृह मन्त्रालय एवम् स्वास्थ्य मन्त्रालको विज्ञप्ती अनुसार छिमेकी राष्ट्रहरुमा कोभिड–१९को नयाँ भेरियन्ट फैलिरहेको परिप्रेक्ष्यमा ठाकुरबाबा नगरपालिकामा संक्रमण फैलिन नदिन सम्पूर्ण नागरिकहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न अनुरोध गरिएको छ ।

अत्यावश्यक उपचारका लागि आधारभुत नगर अस्पतालमा बेड, स्वास्थ्यकर्मी तथा औषधी उपकरण तयारी अवस्थामा राख्ने, कोभिड–१९ भ्याक्सिन लागाउन छुटेका व्यक्तीहरुलाई खोप लगाउन जिल्ला स्वास्थ्य कार्यलयमा खोप उपलब्ध गराइदिन अनुरोध गर्ने, शंकास्पद र सम्भावित रोगको लक्षण देखिएका व्यक्तिलाई एन्टिजेन टेस्टको व्यवस्था मिलाउने, केहि दिनदेखि फैलिएको शितलहरबाट जोगिन बालबालिका, जेष्ठ नागरिक, गर्भवती, सुत्केरी महिला लगायत सम्पूर्ण ठाकुरबाबा नगरबासीहरुमा आवश्यक काम बाहेक बाहिर ननिस्कन, शरीर न्यानो बनाउने लुगा लगाउन अनुरोध गरिएको छ ।

ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा बसेको बैठकमा शितलहर र जाडोबाट जोगाउन भुरीगाउँ बजारको मुख्य चोकमा दाउराको व्यवस्था गरी आगो बालिएको र अन्यबजार र चोकमा समेत व्यवस्था गरिने नगर प्रमुख लम्सालले जानकारी दिनुभयो । बुधवार बसेको एलसिएमसी बैठकमा बढ्दै गएको शितलहरका कारण चिसो बढेसंगै शितलहर र चिसोबाट जोगिनका लागि भुरिगाउँ बजार क्षेत्रका मुख्य चोकमा दाउराको व्यवस्था गरि आगो बाल्ने तथा अन्य चोकहरुमा पनि दाउराको तत्काल व्यवस्था गरि आगो बालेर तापने व्यवस्था मिलाउने तयारी भइरहेको नगरप्रमुख तिलकराम लम्सालले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.