onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

थारु समुदाय विकास मञ्चद्वारा गठित घुम्ना कृषक समूहको साधारणसभा सम्पन्न

२५ रुपैयाँ मासिक बचतबाट सुरु भएको समूहमा झण्डै साढे ५ लाख बचत संकलन

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा रहेको थारु समुदाय विकास मञ्चद्वारा गठन गरिएको घुम्ना कृषक समूहको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का वडा सदस्य बुधनी थारुको प्रमुख आतिथ्यतामा घुम्ना कृषक समूहको दोस्रो साधारण सभा बुधवार सम्पन्न भएको हो ।

थारु समुदाय विकास मञ्च भुरिगाउँले १० वर्ष अघि २०६९ जेठ महिनादेखि मासिक २५ रुपैयाँ बचत गर्ने गरी सुरु गरेको समूहमा हाल मासिक १ सय रुपैयाँ जम्मा गर्ने गरिएको र समूहमा हाल ५ लाख ४५ हजार रुपैयाँ बचत रकम जम्मा भइसकेको समूहकी सचिव चन्द्राणी थारुले बताउनुभयो । घुम्ना कृषक समूहले हालसम्म ५ लाख १० हजार रुपैयाँ समुहकै कृषक सदस्यहरुमा लगानी गरेको छ । समूहले सुत्केरी बचत अभियान पनि सुरुवात गरेको सचिव थारुले जानकारी दिनुभयो ।

घुम्नाफाँटा मुक्तकमैया बस्तीमा झण्डै ७० घरधुरी रहेका छन् । घुम्ना कृषक समूहले गाउँमा विद्युतको भोल्टेज नभएका कारण अटो व्यवसायी, बेमौषमी तरकारी खेती गर्ने किसान सहित स्थानीय बासीन्दालाई पंखा, बत्ती र मोबाइल चार्ज गर्न समेत समस्या भएको गुनासो पोखेका छन् । सहभागी कृषक समूहका सदस्यहरुले गुनासो पोख्दै स्थानीय सरकार ठाकुरबाबा नगरपालिका कार्यालय तथा वडा नम्बर ५ का जनप्रतिनिधीहरु यसैगरी समूहका लागि सहयोगी संस्था थारु समुदाय विकास मञ्च र विद्युत प्राधिकरणका कर्मचारी समक्ष तत्काल समस्या समाधानका लागि आग्रह गरेका हुन् ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का जनप्रतिधिले ट्रान्सफर्मर तथा तार खरिद र जडानका लागि बजेट छुट्टाएर नेपाल विद्युत प्राधिकरण वितरण शाखा गुलरिया बर्दियामा फाइल पेस गरेको विषयमा जानकारी गराईएको र तत्काल विकल्पका रुपमा हालको समस्या समाधानका लागि चार लाइन तार तान्ने काम गर्ने र त्यत्ति गर्दा समेत समस्या समाधान नभएमा थप नयाँ पोल गाडेर तार तानेर ट्रान्सफर्मर जडान गर्ने विद्युत प्राधिकरण भुरिगाउँका प्रमुख खेमजंग शाहीले प्रतिबद्दता जनाउनुभयो ।

थारु समुदाय विकास मञ्च संस्थाले ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिका क्षेत्रका विभिन्न वडामा गठित ३८ समुहका ९१२ जना कृषक सदस्यहरुमा विकास कोष नर्भेको आर्थिक तथा लिवर्ड पोखराको प्राविधिक सहयोगमा जीविकोपार्जन सुधार तथा समानुकलन क्षमता अभिवृद्धी (एलआरइपी) परियोजना कार्यक्रम संचालनमा रहेको थारु समुदाय विकास मञ्चका कार्यकारी व्यवस्थापक भिम बहादुर चौधरीले जानकारी दिनुभयो । थारु समुदाय विकास मञ्च अहिले नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि संचालनमा ल्याएको थारु समुदाय विकास मञ्चका अध्यक्ष गणेश प्रसाद थारुले बताउनुभयो ।

ठाकुरबाबा नगरपालिका ५ का वडा सदस्य बुधनी थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभा कार्यक्रममा नेपाल विद्युत प्राधिकरण भुरिगाउँ शाखाका प्रमुख खेमजंग शाही, थारु समुदाय विकास मञ्चका अध्यक्ष गणेश प्रसाद थारु, गोविन्दपुर सामुदायिक होमस्टेका अध्यक्ष तथा गोविन्दपुर टोल विकास समितिका सल्लाहकार वीर बहादुर थारु, रेडियो टाइगर भुरिगाउँका प्रवन्ध निर्देशक भावुक योगी, ठाकुरबाबा नगरपालिका कृषि शाखा प्रतिनिधी वीरेन्द्र रावतको विशिष्ट आतिथ्यता रहेको थियो ।

थारु समुदाय विकास मञ्चका कार्यकारी व्यवस्थापक भिम बहादुर चौधरी, लेखा अधिकृत आरधना चौधरी, कृषि प्राविधिक विनिता चौधरी, संस्थाका सामाजिक परिचालक शिला योगी, रबिराज चौधरी लगायतको आतिथ्यता रहेको साधारणसभा घुम्ना कृषक समूहका अध्यक्ष महंगी थारुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम संचालिका शिक्षा थारुले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.