भुरीगाउँ सुरक्षित खानेपानीयुक्त समुदाय घोषित
भुरीगाउँ खानेपानीद्वारा वितरित पानी सुरक्षित भएको प्रमाणित

भुरीगाउँ, बर्दिया : “खानेपानी तथा सरसफाइ सबैका लागि, सधैँका लागि” भन्ने नाराका साथ मंगलबार भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, ठाकुरबाबा नगरपालिका–१, भुरीगाँउको सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम सम्पन्न भएको छ ।
युनिसेफ नेपाल र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको सहकार्य, ठाकुरबाबा नगरपालिका, बर्दियाको समन्वय तथा भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आयोजनामा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा कार्यक्रम सम्पन्न भएको आयोजक संस्थाका अध्यक्ष बेद प्रसाद भण्डारीले जानकारी दिनुभयो । एक कार्यक्रमका बिच ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले भुरिगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाको सेवाक्षेत्रलाई सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो ।
समुदायमा स्वच्छ खानेपानीको पहुँच अभिबृद्दीका लागि सन् २०२२ सेप्टेम्बर देखि विश्वव्यापी रुपमा विभिन्न चरणका कार्यक्रमहरु संचालन भइरहेको र भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समुदायमा खानेपानी सुरक्षित र गुणस्तरता सम्बन्धि कार्यक्रमहरु संचालन गरीरहेको अध्यक्ष भण्डारीले बताउनु भयो ।
भुरीगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा वितरित पानीले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणाका न्युनतम आधारहरु पुरा गरेको र खानेपानीको गुणस्तर परीक्षण गर्दा नेपाल सरकारको राष्ट्रिय खानेपानीको गुणस्तर मापदण्ड २०७९ अनुसार सुरक्षित देखिएकोले सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको हो ।