onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया : परालले छोपेर राखेको अवस्थामा सालको गोलिया बरामद

Sambad ADD long

बर्दिया : बर्दिया प्रहरीले अबैध काठ बरामद गरेको छ । प्रहरी टोलीले गस्ती गर्ने क्रममा परालले छोपेर लुकाएर राखिएको काठ नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी तारातालबाट खटिएको प्रहरी टोलीले शनिबार मधुवन नगरपालिका-७, साइबाबा टोलमा परालले छोपेर लुकाएर राखेको काठ नियन्त्रणमा लिएको हो । परालले छोपेर लुकाइ राखेको अवस्थामा ८० दशमलब ७२ क्युफिटको ९ वटा सालको गोलिया बरामद गरिएको हो ।

काठ नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागी सव डिभिजन वन कार्यालय सानोश्री बर्दियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हिक्मत बहादुर बोहराले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.