onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बालविवाह न्यूनिकरणका लागि पालिका स्तरीय पैरवी छलफल

Sambad ADD long

भुरीगाउँ, बर्दिया : भेरी बातावरणीय विशिष्टता समूह (बी–ग्रुप) नेपालगंज, बाँकेको बालविवाह न्यूनिकरण परियोजना अन्तरगतको कार्य तालिका अनुसार बालविवाह न्यूनिकरणका लागि पालिका स्तरीय पैरबी छलफल बैठक सम्पन्न भएको छ । बालविवाह न्यूनिकरणका विषयमा सरोकारवालाहरुसंगको सहकार्य गरी नेतृत्वलाई थप प्रभावकारी बनाउन विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई द्रुतशिक्षा कार्यक्रममा सहभागिता सुनिश्चित गर्नका लागि पैरबी गर्न र द्रुतसिकाई कार्यक्रम बारे जानकारी गराउने उद्देश्यले बालविवाह न्यूनिकरण परियोजना संञ्चालन गरिएको हो ।

छलफल कार्यक्रममा बालविवाह न्यूनिकरणका विषयमा पालिका तथा वडास्तरमा गरिएका प्रयासहरु बाल अधिकार तथा किशोरीहरुको सहभागिता सुनिश्चित गर्नका लागि खुल्ला छलफल, विद्यालय बाहिर रहेका सिमान्तकृत समुदायका बालबालिकाहरुलाई अनौपचारिक स्वरुपको द्रुत शैक्षिक कार्यक्रम विकास तथा संञ्चालन गर्न मार्गदर्शन प्रदान गर्नका लागि महिला स्वास्थ्य स्वयम्सेविका तथा गाउँका बड्घरहरुको विशेष भुमिका हुने भएकाले परिचालन गरी बालविवाहका तथ्याङ्क संकलन गर्नुपर्ने योजना तय गरिएको छ ।

यस परियोजना संञ्चालन भइरहँदा कुन क्षेत्रका कति मात्रामा बालविवाह न्यूनिकरणमा सहयोग पुगि रहेको छ, यसको विषयमा तथ्याङ्क संकलन गर्ने विषयमा छलफल भएको जनाइएको छ । छलफलका क्रममा बोल्दै ठाकुरबाबा नगरपालिका सामाजिक विकास समितिका संयोजक टेक बहादुर बडुवालले बालविवाह न्यूनिकरण गर्नका लागि बालविवाहको क्षेत्रमा काम गरी रहेका सम्पुर्ण सरोकारवालाहरुलाई पनि कुन क्षेत्रमा कति मात्रामा न्यूनिकरण भईरहेको छ सो कुराको तथ्याङ्क संकलन गर्ने आग्रह गर्नु भएको छ ।

छलफल कार्यक्रममा महिला तथा बालविकास शाखा प्रमुख गोगनसरा आचार्य, स्वास्थ्य शाखा प्रमुख इन्द्र बहादुर राजवंशी, सामाजिक विकास समिति संयोजक टेक बहादुर बडुवाल लगायतको सहभागितामा नवराज ढुङ्गानाले प्रशिक्षण दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.