onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बढैयातालमा बालअधिकार संरक्षण र कार्यप्रवाह सम्बन्धी तालिम सम्पन्न

Sambad ADD long

मैनापोखर, बर्दिया : बढैयाताल गाउँपालिकामा बालअधिकार संरक्षण र कार्यप्रवाह सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ । पालिका स्तरिय बाल अधिकार समितिलाई बाल संरक्षण नीति, कानुनी प्रावधान र घटना ब्यवस्थापन सम्बन्धि क्षमता विकास गर्ने उद्देश्यले तिन दिने तालिमको आयोजना गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबको बालविवाह, चाँडै हुने विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्तरगत पौष १ गते शुक्रबार देखी ३ गते आइतबारसम्म तालिम संचालन भएको हो । बढैयाताल गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी अधिकारीकोे अध्यक्षता तथा बाँसगढी नगरपालिकाकी उप–प्रमुख इन्दिरा चौधरीको प्रमुख आतिथ्यतामा संचालित तालिममा जगदिश सिंहले प्रशिक्षण तथा सहजिकरण गर्नु भएको बाँके युनेस्को क्लबले जनाएको छ ।

बाँके युनेस्को क्लबका उप–निर्देशक महेश नेपालीले विश्वका धेरै देशले बालअधिकार समितिलाई कार्यान्वयनमा ल्याएको बताउँदै बालबालिकाको क्षेत्रमा विकास गर्न नसकेको अवस्थामा देशको पनि विकास हुन नसक्ने बताउनु भयो । कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल बालअधिकार सम्बन्धी महासन्धीको पक्ष राष्ट्र भएकोले राज्यका संयन्त्रलाई बालअधिकारको पक्षमा जिम्मेवार बनाउन र स्थानीय बालअधिकार समितिको क्षमता विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नेपालीले जानकारी दिनुभयो ।

तालिममा बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकाका बालअधिकार समितिका सदस्य, दुबै पालिकाका महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा र शिक्षा शाखाका प्रतिनिधी, इलाका प्रहरी कार्यालयका बाँसगढीका प्रमुख प्रहरी निरिक्षक सन्तोष चन्द, इलाका प्रहरी कार्यालय मैनापोखरका प्रहरी नायब निरिक्षक बेद बहादुर भण्डारी, जनप्रतिनिधी, नागरिक समाजका प्रतिनिधी पत्रकार लगायतको सहभागिता रहेको बाँके युनेस्को क्लबकी फिल्ड अधिकृत लक्ष्मि चौधरीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.