onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

क्यान महासंघ बर्दियाको पदस्थापन कार्यक्रम सम्पन्न

Sambad ADD long

बर्दिया : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), जिल्ला शाखा बर्दियाले पदस्थापन कार्यक्रम सम्पन्न गरेको छ । बर्दियाको पर्यटकीय क्षेत्र गेरुवा इन्टेकमा एक कार्यक्रमको आयोजना गरि नवनिर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गरेको हो ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष सुर्य के.सी.ले स्थानीय सरकारसंग समन्वय गर्नका लागि हरेक पालिकाहरुमा स्थानीय सरकार समन्वय समिती गठन गरेर अगाडि बढ्ने बताउनु भयो । सूचना प्रविधिको विकाससंगै कम्प्युटर एसोसिएसनको भूमिका पनि महत्वपूर्ण रहेको भन्दै नवनिर्वाचित कार्यसमितिले विगतका कामहरुलाई निरन्तरता दिदै थप योजनाका साथ प्रभावकारी भूमिका खेल्ने अध्यक्ष के.सी.ले बताउनु भयो ।

केही वर्ष अगाडि संचालनमा आएर कोभिडका कारण रोकिएको सरकारी विद्यालयका शिक्षक, शिक्षिकाहरुलाई निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रमलाई पुन: सुरुवात गरि निरन्तरता दिइने बताउँदै छिट्टै नै प्रविधी सम्बन्धी सामाग्रीहरुको जानकारी दिने उद्देश्य सहित इन्फोटेक संचालन गरिने अध्यक्ष के.सी.ले जानकारी दिनुभयो । पदस्थापन कार्यक्रमका अवसरमा क्यान महासंघ, जिल्ला शाखा बर्दियाले गेरुवा गाउँपालिका वडा नम्बर ४ मा रहेको फस्र्ट लभ नेपाल अनाथालयमा संरक्षण लिई रहेका १९ जना बालबालिकाहरुलाई खानाको ब्यवस्था गरेको क्यान महासंघ बर्दियाले जनाएको छ । मंसिर १७ गते सम्पन्न भएको क्यान महासंघको चौँथो अधिवेशनले सुर्य के.सी.को अध्यक्षतामा कम्प्युटर एसोसिएसन नेपाल महासंघ, जिल्ला शाखा बर्दियाको ९ सदस्यीय नयाँ कार्यसमिती चयन गरेको थियो ।

उपाध्यक्षमा डिल प्रकाश गौतम, सचिवमा देवीराम थारु, सह-सचिवमा प्रकाश शर्मा, कोषाध्यक्षमा दिल बहादुर थारु संगै सदस्यहरुमा ध्रुव प्रसाद पंगेनी, शंकर प्याकुरेल, राम प्रसाद चौधरी र रामप्यारे थारु चयन हुनु भएको थियो । अधिवेशनले गोपाल निरौला र प्रशान्त टण्डन क्षेत्रीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको थियो ।

Leave A Reply

Your email address will not be published.