onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

नौलो सुरुवातः सलामी होइन नमस्कार

ठाकुरबाबा नगरस्तरीय पाँचौ राष्ट्रपति रनिङ्गशिल्ड सुरु

Sambad ADD long

भुरीगाउँ, बर्दिया :  ठाकुरबाबा नगरपालिका–३, बगनाहाको चुरे माध्यमिक विद्यालयको खेल मैदानमा आइतबार ठाकुरबाबा नगरस्तरीय पाँचौ राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता सुरु भएको छ । हरेक वर्ष संचालन भइरहने नगरस्तरीय राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगीता एक औपचारिक कार्यक्रमका बीच बर्दिया क्षेत्र नम्बर २ (क) का प्रदेशसभा सदस्य जन्मजय तिमील्सीनाको सहभागितमा उद्घाटन भएसंगै खेलकुद प्रतियोगिता सुरु भएको हो ।

ठाकुरबाबा नगरपालिका नगर कार्यपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा चुरे माध्यामिक विद्यालयको आतिथ्यतामा प्रतियोगिता सञ्चालन गरिएको राष्ट्रपति रनिङ्ग शिल्ड मुल समितीका संयोजक सिता कुमारी भण्डारीले जानकारी दिनुभयो । सुरुवाती चरणमा नगरपालिका भित्र रहेका ९ वटा सामुदायिक तथा ५ वटा संस्थागत गरि १४ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले मार्चपास सलामीमा सहभागिता जनाएका थिए ।

देशभरका अन्य पालिकाहरु तथा जिल्लाहरुमा संचालन भएका नगरस्तरीय तथा जिल्लास्तरीय राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा सहभागि विद्यालयका विद्यार्थीहरुको मार्च पास सलामीमा जनप्रतिनिधीहरुले पिर्का माथी उभिएर सलामी ग्रहण गरेका तस्विरहरु भाइरल भएपनि यस वर्ष भने मार्च पास सलामीमा सहभागि प्रमुख अतिथी तथा विशेष अतिथीहरुले पिर्का माथी उभिएर पिर्के सलामी दिनुको सट्टा कार्यक्रम स्थलको मञ्चमा उभिएर नमस्कार मार्फत सलामी ग्रहण गर्नुभएको छ ।

विद्यार्थीहरुको मार्चपास सलामी प्रतियोगितामा ठाकुरबाबा नगरपालिका १ मा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालय प्रथम भएको छ । वडा नम्बर ८ मढेलामा रहेको जगदम्बा माध्यामिक विद्यालय दोस्रो तथा वडा नम्बर ३ मा रहेको चुरे माध्यमिक विद्यालय तृतीय र वडा नम्बर १ भुरिगाउँमा रहेको भेरी पब्लिक शिक्षालयले सान्त्वना स्थान हासिल गर्न सफल भएका प्रतियोगितामा सहभागी हुनुभएका शिक्षक प्रदिप भण्डारीले जानकारी दिनुभयो ।

नगरस्तरिय राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिताको औपचारिक उद्धघाटन गर्दै लुम्बीनी प्रदेशसभा सदस्य जन्मजय तिमिल्सीनाले ठाकुरबाबा नगरपालिकाले खेलकुदको विकासका लागि महत्वपुर्ण काम गर्दै आएको र खेलबाट विद्यार्थीहरुले विभिन्न कुराको ज्ञान लिन सक्ने र आफुले पनि यस क्षेत्रमा शिक्षा क्षेत्रको विकासका लागि भरपुर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यसैगरि आफुले पढेको तथा आफ्नै गाउँठाउँको विद्यालयलाई खेलकुदको विकाससंगै अन्य विकासका लागि बगनाहाको चुरे माबी मात्र नभई नगरभित्रका विद्यालयलाई सक्दो सहयोग गर्ने जिल्ला समन्वय समिति बर्दियाका प्रमुख सुर्य बहादुर विष्टले आश्वासन दिनुभयो । कार्यक्रममा विशिष्ट अतिथी रहनुभएका ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखि खेलकुदको माध्यमबाट नगरभित्र रहेका विद्यालयलाई सहयोग गर्न र शैक्षिक गुणस्तरलाई माथी उकास्न सहयोग गर्ने बताउनु भएको छ ।

खेलकुद कार्यक्रम शैक्षिक गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि पनि खेलकुद प्रतियोगिता संचालन गरिएको बताउँदै नगरस्तरिय राष्ट्रिपति रनिङसिशल्ड प्रतियोगीताको शुभकामना दिँदै ठाकुरबाबा नगरपालिकाका नगर उपप्रमुख विना कुमारी भट्टराइले बताउनुभयो । कार्यक्रममा ठाकुरबाबा नगर खेलकुद विकास समितीका संयोजक टेक बहादुर बडुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा लुम्बीनी प्रदेश सभा सदस्य जन्मजय तिमिल्सीनाको प्रमुख आतित्यता, जिल्ला समन्वय समिति प्रमुख सुर्य बहादुर विष्ट, ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्साल, नगर उपप्रमुख विना कुमारी भट्टराईको विषेश आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.