online-aama-surachhya-sandesh

बर्दियाको एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली नमूना बनाउने प्रतिवद्दता

Sambad ADD long

बर्दिया : एकिकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धी दुई दिने कार्यशाला सम्पन्न भएको छ । मंसिर २४ गते शनिबार र २५ गते आइतबार गरी दुई दिनसम्म संचालन भएको तालिममा जिल्लाका सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख, शाखामा इ.एम.आइ.एस. संचालन गर्ने प्राविधिक, प्रधानाध्यापक, शिक्षक र शिक्षा समन्वय इकाइ बर्दिया गरि करिब २० जनाको सहभागितामा कार्यशाला सम्पन्न भएको हो ।

सम्पन्न कार्यशालामा इ.एम.आइ.एस जन्मदाताको रुपमा परिचित इ.एम.आइ.एस. बिज्ञ सम्वेदन कोइराला र पूर्व उपसचिब शंकर बहादुर थापाले सहजिरण गर्नुभएको थियो । कार्यशालामा इ.एम.आइ.एस.को आधारभुत अवधारणा, विद्यालयको लेखा प्रणाली र पद्दती, रोलआउट तथा परिचय, विद्यालय स्तरको इ.एम.आइ.एस को मुल्याङ्कन तथा थप सुधारका लागि गरिने प्रकृया, पालीका स्तरमा निर्माण हुने योजना, विद्यालय सुधार योजना, स्थानीय तहको कक्षा ८ र अन्य परीक्षाबारे कार्यशालामा छलफल गरिएको थियो ।

प्लान इन्टरनेशनल नेपाल तथा सामाजिक सचेतन सरोकार मञ्च स्याक नेपाल बाँकेले जिल्ला तहमा शिक्षा विकास समन्वयसंग समन्वयकारी भुमिका निर्वाह गरि परियोजना मार्फत् स्थानीय तहका सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बृद्दि गर्नका लागि महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको शिक्षा विकास समन्वय इकाइ बर्दियाका निमित्त इकाइ प्रमुख महेशदत्त देवकोटाले बताउनुभयो । कार्यक्रममा बोल्दै बर्दिया जिल्लाको शैक्षिक गुणस्तर बृद्दि भएको छ छैन विद्यालयमा बालबालिकाहरुको सिकाइ उपलब्धी कुन अबस्थामा छ भनी हेर्ने मुख्य आधार भनेको इ.एम.आइ.एस. प्रणालि भएकाले यसको प्रभावकारीताका लागि कार्यशाला संचालन गरिएको बताउँदै अबका दिनमा गुणस्तिरिय तथा सम्पुर्ण तथ्याङ्कहरु पुर्णरुपमा चुस्त दुरुस्तका साथ समयमा अध्यावधिक भइ आउने अपेक्षा गरेको देबकोटाले बताउनु भयो ।

पुर्व प्राथमिक तहको शैक्षिक गुणस्तर बृद्दिका लागि पालीकासंगको समन्वयम बिगत ४ वर्षदेखि सिकाइ परियोजना मार्फत् काम गरिरहेको अध्यक्ष शिवलाल पाण्डेले बताउनु भयो । कार्यशाला उपलब्धी मुलक हुने अपेक्षाका साथ यो अवसरा जुटाउने प्लान इन्टरनेशनल नेपाल, शिक्षा विकास समन्वय इकाइ बर्दियालाई पाण्डेले धन्यबाद दिनुभयो ।

मंसिर २५ गते समापन भएको कार्यशालामा सहभागी स्थानीय तहका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रतिनिधिहरुले विद्यालय स्तरको इ.एम.आइ.एस. नमूना बनाउने प्रतिबद्दता व्यक्त गरेको स्याक नेपाल बर्दिया शाखाका परियोजना फोकल प्रशन कैलाश श्रेष्ठले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.