भुरीगाउँ, बर्दिया : नेउलापुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देविदत्त गौतमको सभापतित्वमा नेउलापुर साना किसान कृषि सहकारि संस्था वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सहकारीको मूल्य मान्यता एवम् सिद्दान्तको पालना गर्दै संस्थागत सुशासन कायम गरि सदस्यहरुलाई परम्परागत कृषिबाट व्यवसायिक र आधुनिकिकरण कृषि प्रणाली तर्फ लिने र सदस्यको कृषि उत्पादन क्षमतालाई अभिबृद्धि गरि बजारको व्यवस्थापन गर्देै निक्षेप संकलन एवम् अन्य बैंक तथा बित्तिय सस्थासंग सहुलियत कर्जा प्राप्त गरि आयमुलक व्यवसाय संचालन गर्न ऋण प्रदान गर्ने उद्देश्यले सहकारिको स्थापना भएको अध्यक्ष गौतमले बताउनुभयो । साधारणसभामा बोल्दै अध्यक्ष गौतमले सम्पुर्ण सहकारीहरुको उद्देश्य सदस्यहरुलाई आर्थिक समृद्धी प्रदान गर्ने रहेको पनि बताउनु भयो ।
साधारणसभामा बोल्दै ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुले सहकारीले शेयर सदस्यहरुको र स्थानीयको जीवनस्तर बृद्धीका लागि सिपमुलक कार्यक्रममा जोड दिनुपर्ने बताउनुभयो । प्रमुख अतिथी बर्दिया क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य लालबिर चौधरीले किसानहरुको समस्या समाधानका लागि मल, बीउ–बीजन, कृषि समाग्री खरिद तथा सरकारी स्तरबाट धान खरिदको समस्यालाई समाधान गर्नका लागि आफुले पहल गर्ने बताउनुभएको छ । उहाँले सहकारी संस्थालाई राष्ट्रिय स्तरमा पुर्याउनका लागि आफुले सक्दो प्रयास गर्ने पनि बताउनुभयो ।
साधारणसभामा नेउलापुर साना किसान कृषि सहकारि संस्थाले कार्यक्रमका प्रमुख अतिथी र बिशिष्ट अतिथीलाई सम्मान तथा मायाको चिनो वितरण गरेको छ । साधारणसभामा ३० जना जेष्ठ नागरिक, उकृष्ठ ३ वटा समूह ,उकृष्ठ बचतकर्ता, ऋण कारोबार, सबैभन्दा बढि शेयर लगानीकर्ता, बाल बचत, दैनिकी बचत, पशुपालन तथा तरकारी खेती गर्ने उकृष्ठ किसानहरुलाई सम्मान गरिएको मुख्य प्रबन्धक मेनका पोखरेलले जानकारी दिनु भयो ।