राजापुर, बर्दिया : भारतिय जनता पार्टिको (मन्डल अध्यक्ष भाजपा) लेखिएको (युपि३२ जेभि६०००) UP32 JV6000 लेखिएको पार्टीको झन्डावाल स्कारपियो गाडि बर्दियाकाे राजापुरकाे बसपार्कमा मंगलबार बेलुका ५ बजे देखा परेकाे झण्डै एक घण्टापछि बाहिरिएको छ । कैलालीको खक्रौला हुँदै नेपाल प्रवेश गरेकाे भाजपाकाे झण्डावाला गाडि बर्दियाकाे राजापुर भन्सारमा भन्सार गराएर बसपार्कमा झन्डै एक घण्टा राेकेर बाहिरिएको प्रहरीले जनाएको छ ।
भारतीय राजनीतिक पार्टी भाजपाका कार्यकर्ता अशाेकसिँहले भाजपा लेखिएको र भाजपाकाे झण्डावाल गाडि नेपाल भारत सिमानामा पर्ने कैलालीबाट नेपालमा व्यक्तिगत काममा भेटघाटका लागि आएकाे र भन्सार बनाउन बर्दियाकाे राजापुर आएकाे बुझिएकाे र यस विषयमा थप बुझ्न लागिएको इलाका प्रहरी कार्यालय राजापुरले जनाएको छ ।
छिमेकी मुलुक भारतबाट भारतीय राजनीतिक पार्टीको भाजपाकाे झन्डावाला गाडि नेपाल प्रवेश गरेर बर्दिया राजापुर नगरपालिकाकाे बसपार्कमा झण्डै १ घन्टा बढि बसेर गए लगत्तै भारतीय पार्टी भाजपाकाे गाडि किन र के का लागि राजापुरकाे बसपार्कमा एक घण्टा राेकियाे भनेर स्थानीयले चासाे दिएका छन् ।
नेपालमा भर्खरै मात्र सम्पन्न संघ र प्रदेशको निर्वाचन पश्चात् सरकार गठनकाे तयारी भइरहेका बेला भारतीय पार्टीका झन्डावाला गाडि छिमेकी मुलुक भारत आसपासमा पर्ने नेपालका जिल्लामा आउनु रहस्यमय हुन सक्ने स्थानीयकाे अनुमान छ ।