online-aama-surachhya-sandesh

स्वयम्सेविका दिवसमा ठाकुरबाबामा विशेष कार्यक्रमको आयोजना

जेष्ठ स्वयम्सेविका र सबै वडाबाट उत्कृष्ठ गरी ११ जनालाई सम्मान

Sambad ADD long

भुरीगाउँ, बर्दिया : १९ औं महिला स्वास्थ्य स्वयम्सेविका दिवसको अवसरमा ठाकुरबाबा नगरपालिकामा विशेष कार्यक्रमको आयोजना गरि मनाइएको छ । ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा १९ औ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा ६० बर्ष उमेर पुगेकालाई सम्मान र बिदाई कार्यक्रम गरिएको हो ।

महिला सामुदायिक स्वयमस्वेकिाको प्रतिबद्धता स्वास्थ्य प्रबर्धनमा हाम्रो एक्येबद्दता भन्ने मुल नाराका साथ एक वर्ष भित्र उत्कृष्ठ हुनुभएका स्वास्थ्य स्वयम्सेविका र ६० वर्ष उमेर पुग्नु भएका स्वयम्सेविकाहरुलाई सम्मान तथा विदाई गरिएको हो । कार्यक्रमा बगनाहा स्वास्थ्य चौकिका इन्चार्ज ओम चुनाराले नेपालमा बालबालिका तथा मातृ मृत्यदर घट्नुमा महिला स्वास्थ्य स्वयम्सेविकाको उल्लेखनिय योगदान रहेको भन्दै सामाजिक क्षेत्रमा सधैँ यस्तै किसिमका भुमिकाहरु निर्वाह गर्दै जान अनुरोध समेत गर्नुभएको छ ।

ठाकुरबाबा नगरपालिका भित्रका ६० वर्ष उमेर पुगेका वडा नम्बर १ कि भगिया थारु र वडा नम्बर ८ कि नर्मदा पोखरेललाई सम्मानका साथ बिदाई गरिएको छ । उहाँहरु संगै एक वर्ष भित्र उत्कृष्ठ काम गरेका वडा नम्बर १ बाट मिना शर्मा, वडा नम्बर २ बाट धर्ममति रिजाल, ३ बाट मनशोभा मल्ल, ४ बाट सरस्वती शर्मा, ५ बाट सविता शर्मा, ६ बाट अनिता चौधरी, ७ बाट राज कुमारी थारु, ८ बाट आशा कुमारी थारु र वडा नम्बर ९ बाट चुलिया थारुलाई सम्मान गरिएको छ ।

कार्यक्रमको विशेष अतिथि रहनु भएकी ठाकुरबाबा नगरपालिका उप–प्रमुख बिना कुमारी भट्टराईले महिला स्वास्थ्य स्वयम्सेविकालाई नेपालको स्वास्थ्य र जनतालाई पुलको रुपमा जोड्ने भूमिकाको रुपमा मानिएको र स्वयम्सेविकाले समाजसेवामा गरेका महत्वपुर्ण भुमिका र योगदान नगरपालिकालाई पूर्ण सरसफाई युक्त पालिकाको अभियानलाई सफल पार्न र सेवालाई हौसला दिने उद्देश्यले सम्मान गरिएको बताउनुभयो । कार्यक्रममा बोल्दै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले स्वयम्सेविकाहरुको लगनशिलताले समाज रुपान्तरण गर्नको निमित्त अतुलिनिय योगदान रहेको बताउनुभयो ।

ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ठाकुरबाबा नगरपालिका उप–प्रमुख बिना कुमारी भट्टराई र प्रशासकिय अधिकृत रामहरि रिजालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नगरपालिका अन्तरगतका सबै स्वास्थ्य चौकीका इन्चार्जहरु, महिला स्वास्थ्य स्वयम्सेविकाहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.