onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

विद्यालय पदाधिकारीलाई श्रोत बाँडफाँड तथा निति कार्यान्वयन सम्बन्धि तालिम

Sambad ADD long

ताराताल, बर्दिया : मधुवन नगरपालिका वडा नम्बर ८ सानोश्रीमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

मधुवन नगरपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप)को साझेदारीमा विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका लागि श्रोत बाँडफाँड तथा निति कार्यान्वयन सम्बन्धि क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न भएको हो ।

बर्दियाको मधुवन, बारबर्दिया, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकाका ४३ वटा माध्यमिक तथा आधारभुत विद्यालयहरुमा बालविवाह न्यूनीकरण परियोजना सन्चालन गरिएको छ । मधुवन नगरपालिकाका १४ वटा माध्यमिक र आधारभुत विद्यालय मध्ये ११ वटा विद्यालयहरुमा कार्यक्रम संचालन भएका हुन् ।

विद्यालयहरुमा छात्राहरुको अध्ययन निरंतरताका लागि सहकार्य, किशोर किशोरीहरुमा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धि ज्ञान प्रदान, किशोरी तथा महिलाहरूलाई आर्थिक रूपमा सशक्तीकरण गर्नका लागि सहयोग तथा सहकार्य, परम्परागत हानीकारक अभ्यासहरुबाट समाजमा भएका विभेदकारी मुल्य मान्यताहरुलाई परिवर्तन गर्न सहकार्य गर्ने कार्यक्रमको उद्देश्य रहेको छ ।

यस्तै बाल संरक्षण तथा युवा सहभागिता सम्बन्धि नितिगत ब्यवस्था, सुदृढ तथा बाल विवाह, छिटो विवाह, र दवावमा हुने विवाहलाई न्यूनीकरण गर्न समन्वय तथा सहजीकरण गर्ने लगायतको उद्देश्यका साथ संचालित कार्यक्रम मधुवन नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालको सहजीकरणमा सम्पन्न भएको हो ।

Leave A Reply

Your email address will not be published.