सरसफाई युक्त पालिका अन्तरगत खोदाउमा एक दिने कार्यक्रम सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : “पूर्ण सरसफाई युक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हात धुने स्थान” भन्ने नारा सहित २०७९ भदौ ५ गते देखि ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको पूर्ण हात धुने अभियानलाई सफल बनाउन शनिबार ठाकुरबाबा नगरपालिकाको वडा नम्बर १ खोदाउमा १ दिने कार्यक्रम सम्पन्न भएको छ ।

गेरुवा ग्रामिण जागरण संघद्वारा संचालित प्रयास २ परियोजनाको आयोजना तथा तेर दे जोम्स र प्लान इन्टरनेश्नल नेपालको अर्थिक सहयोग तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा झण्डै ३० जनाको सहभागितामा कार्यक्रम सम्पन्न गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेलले जानकारी दिनुभयो । संचालित कार्यक्रममा पूर्ण सरसफाई तथा हात धुने स्थान निर्माण र प्रयोगको विषयमा छलफल गरिएको पौडेलले जानकारी दिनुभयो ।

हात धुने स्थान बनाउनुकोे महत्व र यसको उद्देश्यको बारेमा स्थानीयहरुलाई जागरुक गराउँदा टुटि सहितको हात धुने स्थान नबनाएका घरधुरीहरुबाट यथासिघ्र हात धुने स्थान बनाउने प्रतिद्दता हासिल गरिएको र छलफल पश्चात् घरदैलो अभियान पनि गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.