नागरिक समाजको वार्षिक क्षमता मुल्याङ्कन कार्यक्रम सम्पन्न

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँमा नागरिक समाजको वार्षिक क्षमता मुल्याङ्कन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । बालविवाह न्यूनिकरण परियोजना अन्तरगतको कार्यक्रम प्लान इन्टरनेशनल नेपाल र बी–ग्रुप बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा मंसिर १६ गते शुक्रबार र १७ गते शनिबार गरी दुई दिनसम्म संचालन भएको हो ।

नागरिक समाजको वार्षिक क्षमता मुल्याङ्कन कार्यक्रममा सामाजिक रुपमा एउटा राम्रो संस्थाको स्थापना गरी समाजमा भइरहेका बालविवाह, बहुविवाह तथा यौनजन्य क्रियाकलापबाट हुन सक्ने घटना न्यूनिकरण गर्ने र यसबाट शारिरिक, सामाजिक, आर्थिक र मानसिकरुपमा भोनुपर्ने समस्याको समाधानका विषयमा छलफल गरिएको छ । विभिन्न समस्याहरुले घट्न सक्ने घटनाको न्यूनिकरण गर्ने उद्देश्यका साथ ठाकुरबाबा नगरपालिका भित्रका बड्घर, गुरुवा, युवाहरु लगायत विभिन्न सरोकारवालाहरुको सहभागितामा कार्यक्रम सचालन गरिएकोे बी–ग्रुप बाँकेकी फिल्ड सुपरभाइजर मायाँ खड्काले जानकारी दिनुभयो ।

बाबु आमाको कारणले बालबालिकाले भोग्नु परेका समस्या जीवनभर जगडिने सम्भावना बढि हुने र सोही कारण बालबालिकाहरुको भविष्य नै अन्धकार हुने भएकाले सो विषयमा पनि बृहत छलफल गरिएको जनाइएको छ । दुई दिनसम्म संचालन भएको कार्यशाला गोष्ठीमा प्रकाश उपाध्यायले प्रशिक्षण दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.