onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

क्यान महासंघ, बर्दियाको अध्यक्षमा सुर्य के.सी. सर्वसम्मत

Sambad ADD long

भुरीगाउँ, बर्दिया : कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ), जिल्ला शाखा बर्दियाको आठौँ वार्षिक साधारणसभा तथा चौँथो अधिवेशन सम्पन्न भएको छ । आज ठाकुरबाबा नगरपालिकाको आम्बासा स्थित होटेल गुन्द्रकको सभाहलमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो ।

आज भएको अधिवेशनले सुर्य के.सी.को अध्यक्षतामा कम्प्युटर एसोसिएसन नेपाल महासंघ, जिल्ला शाखा बर्दियाको ९ सदस्यिय नया कार्यसमिती चयन गरेको छ । उपाध्यक्षमा डिल प्रकाश गौतम, सचिवमा देवीराम थारु, सह-सचिवमा प्रकाश शर्मा, कोषाध्यक्षमा दिल बहादुर थारु संगै सदस्यहरुमा ध्रुव प्रसाद पंगेनी, शंकर प्याकुरेल, राम प्रसाद चौधरी र रामप्यारे थारु चयन हुनु भएको समितिका संयोजक अधिवक्ता महादेव रतगैयाँले जानकारी दिनुभयो ।

नवगठित कार्यसमितीले क्यान महासंघको उपसमितीको रुपमा स्थानीय सरकारसंग समन्वय गर्नका लागि हरेक पालिकाहरुमा स्थानीय सरकार समन्वय समिती गठन गरिने र केही वर्ष अगाडि संचालनमा आएर कोभिडका कारण रोकिएको सरकारी विद्यालयका शिक्षक, शिक्षिकाहरुलाई नि:शुल्क कम्प्युटर शिक्षा कार्यक्रमलाई पुन: सुरुवात गरि निरन्तरता दिइने नवनिर्वाचित अध्यक्ष के.सी.ले जानकारी दिनुभयो ।

साथै छिटै नै प्रविधी सम्बन्धी सामाग्रीहरुको जानकारी दिने उद्देश्य सहित इन्फोटेक संचालन गरिने जनाइएको छ । सम्पन्न अधिवेशनले गोपाल निरौला र प्रशान्त टण्डन क्षेत्रीलाई महाधिवेशन प्रतिनिधिमा चयन गरेको छ ।

Leave A Reply

Your email address will not be published.