जहाँ गएपनि राजापुरको विकासमा सहयोग गर्छु : प्रतिनिधिसभा सदस्य राठौर

बर्दिया : आफु जहाँ गए पनि राजापुरको समग्र विकासका लागि आफुले सक्दो सहयोग गर्ने नवनिर्वाचित प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौरले बताउनु भएको छ ।

नेपाली काँग्रेसले बर्दियाको राजापुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेसका सह–महामन्त्री तथा बाँके क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राठौरले सो कुरा बताउनु भएको हो । भौरा क्षेत्रमा नेपाली काँग्रेसको उपस्थिती बलियो रहेको र अबका दिनमा स्थानीय स्तरबाट नै पार्टीलाई अझै शसक्त र बलियो बनाएर लैजान सबै कार्यकर्ताहरु सक्रिय भएर लाग्न प्रतिनिधिसभा सदस्य राठौरले आग्रह गर्नुभयो ।

राजापुरमा आयोजित कार्यक्रममा पार्टीका क्षेत्रिय सभापति, महासमिति सदस्यहरु, नगर तथा गाउँ सभापतिहरु, नेता कार्यकर्ता लगायतको उपस्थिती रहेको थियो ।

Loading...