onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

ठाकुरबाबा : विपद् जोखिम व्यवस्थापनका लागि युवाहरुलाई तालिम संचालन

विपद जोखिम न्युनिकरणमा युवाहरुको सकृय सहभागिता हुन आवश्यक

Sambad ADD long

भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरिगाउँमा विपद् जोखिम व्यवस्थापनका लागि यूवाहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ । प्लान इन्टरनेशनल नेपाल र गेरुवा ग्रामिण जागरण संघको सहयोग तथा ठाकुरबाबा नगरपालिकाको आयोजनामा विपद् जोखिम व्यवस्थापनका लागि यूवाहरुलाई अभिमुखिकरण तालिम प्रदान गरिएको हो ।

विभिन्न अध्ययन अनुसार जलवायु परिवर्तनजन्य, भूकम्पीय, बहुप्रकोपीय र बाढी पहिरोजन्य विपद् जोखिमका हिसाबले नेपाल विश्वमै चौँथो, एघारौं, बीसौं र तीसौं स्थानमा पर्ने गरेको जनाईएको छ । विपद्का दृष्टिले नेपाल अत्यन्तै जोखिमपूर्ण राष्ट्रमा पर्दछ । नेपालको भौगोलिक परिस्थिती अनुसार जोखिम फरक–फरक हुन सक्छन्  । हिमाली क्षेत्रमा हिमपहिरो, हिमआँधी तथा हिमताल फुट्ने, पहाडमा पहिरो र तराइमा डुबानको जोखिम बढी छ र विपद्का कारण बर्सेनि देशले ठूलो क्षति बेहोर्दै आएको छ  ।

विपद् जोखिम न्यूनिकरणमा युवाहरुको सकृय सहभागिता हुन आवस्यक रहेको बताउँदै प्रशिक्षक महेशचन्द्र गौतमले नेपालका विभिन्न क्षेत्रमा पछिल्लो समयमा विपदका घटना बढ्दो क्रममा रहेकाले युवाहरुले विपद् व्यवस्थापनमा सकृय भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

सरसफाई तथा स्वच्छता कार्यक्रममा विपद् जोखिम व्यवस्थापनका लागि ठाकुरबाबा नगरपालिकाको बबई नदी आसपासका गाउँमा पर्ने वडा नम्बर ३ र ५ का युवाहरुको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.