
बर्दिया : क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका राज कुमा चौधरी विजयी हुनुभएको छ ।
नेकपा एमालेका भक्त बहादुर बिकलाई १ हजार ४७ मत अन्तरले हराउँदै चौधरी विजयी हुनुभएको हो । राज कुमार चौधरीले १३ हजार २३० मत प्राप्त गर्नुभएको छ । उहाँका निकतम् प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर बिकले १२ हजार १८३ मत प्राप्त गर्नुभएको छ । यस्तै, गठबन्धनबाट माओबादीका अन्जु दहितले ११ हजार ४९० प्राप्त गर्नु भएको छ भने स्वतन्त्रका सुभाष पोखरेलले २ हजार ६२० मत ल्याउनुभएको छ