onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दिया २ मा १३६ मतान्तरले स्वतन्त्र उम्मेदवार (नल्का) लालवीर चौधरी विजयी

Sambad ADD long

राजापुर, बर्दिया : बर्दिया क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र (चापकल नल्का) बाट लालविर चौधरी विजयी हुनुभएको छ । गठबन्धनबाट माओवादीका सुरेश पन्थलाई १३६ मतले पछि पार्दै स्वतन्त्रका चौधरी विजयी हुनुभएको हो ।

स्वतन्त्रबाट चुनाव चिन्ह ९चापाकल नल्का० का लालविर चौधरीले २६,५२० मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट माओवादीका सुरेश पन्थले २६,३८४ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका पंकजसिँह राठौरले १६,०९० मत प्राप्त गर्नुभएको छ भने राप्रपाका विनय रावलले १३,२९२ मत प्राप्त गर्नुभएको छ ।

विजयी चौधरी रेशम चौधरीका बुवा हुनुहुन्छ । रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिनुभएका लालविर चौधरीलाइ सहयोग गरेको हो ।

जेल जिवन विताईरहेका रेशम चौधरीले नागरिक उन्मुक्ती पार्टीबाट उम्मेद्वार दिएपनि उम्मेद्वारी खारेज हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै आफ्नै बुवा लालविर चौधरीलाई स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराईएको थियो ।

रेशम चौधरीको उम्मेद्वारी खारेज भएपछि नागरिक उन्मुक्ती पार्टी ९ढकिया० ले स्वतन्त्रका उम्मेद्वार चौधरीको चिन्ह ९चापाकल नल्का० लाई समर्थन गरेको थियो ।

बर्दिया क्षेत्र नम्बर २ मा १ लाख ५२ हजार ६२ मतदाता रहेकोमा ९२ हजार ४ सय १९ मत खसेको थियोे ।

Leave A Reply

Your email address will not be published.