बर्दिया २ प्रतिनिधिसभा : स्वतन्त्र उम्मेदवार चौधरीको फराकिलो मतले अग्रता

भुरीगाउँ, बर्दिया : प्रतिनिधिसभा सदस्य तर्फ बर्दिया क्षेत्र नम्बर २ मा ७ हजार ८२७ मतगणनाको नतिजा सार्वजनिक भएको छ । ७ हजार ८२७ मतको गणनामा स्वतन्त्र उम्मेदवार लालबिर चौधरीले अग्रता बनाउनु भएको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार लालबिर चौधरीलेले ३ हजार ४३६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको हो । स्वतन्त्र उम्मेदवार चौधरीलाई बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका सुरेश पन्थले १ हजार ९१० मतका साथ पछ्याई रहनु भएको छ ।

नेकपा एमालेका उम्मेदवार पंकजसिंह राठौरले १ हजार २ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार विनय रावलले ६७७ मत प्राप्त गर्नुभएको छ ।

Loading...

Thakurbaba Municipality