बर्दिया १ : प्रतिनिधिसभा तर्फ गौतमको अग्रता, नागरिक उन्मुक्ति पार्टी (ढकिया) पछ्याउँदै

राजापुर, बर्दिया : बर्दिया क्षेत्र नम्बर १ मा सोमबार दिउँसोबाट प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । बेलुका ६ः३० बजेसम्म ३ हजार ७५९ मत गणना हुँदा बामलोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका संजय कुमार गौतमले १ हजार १४५ मत ल्याएर अग्रता लिनु भएको छ ।

यसैगरि नागरिक उन्मुक्ति पार्टी (ढकिया) का ठाकुरसिँह थारुले १ हजार १३७ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले ९१० मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) का प्रवेश भुषालले ४८६ मत प्राप्त गर्नुभएको छ ।

Loading...

Thakurbaba Municipality