
भुरिगाउँ, बर्दिया : प्रतिनिधिसभा सदस्य तर्फ बर्दिया क्षेत्र नम्बर १ मा १ हजार ८०० मतगणनाको नतिजा सार्वजनिक भएको छ । १ हजार ८०० मतको गणनामा बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका संजय कुमार गौतमले अग्रता बनाउनु भएको छ ।
प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेपाली काँग्रेसका संजय कुमार गौतमले ५५१ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको हो । काँग्रेसका उम्मेदवार गौतमलाई नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार ठाकुरसिंह थारुले ५२१ मतका साथ पछ्याई रहनु भएको छ भने नेकपा एमालेका उम्मेदवार लक्ष्मणराज ज्ञवालीले ४६४ मत प्राप्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रवेश भुषालले १७९, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सूर्य बहादुर बिष्टले २२, स्वतन्त्र उम्मेदवार देवी प्रसाद तिवारीले ६, जनमत पार्टीका उम्मेदवार सोहराव पठानले ५, जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रेशम बहादुर खत्री र नेश्नलिष्ट पिपल्स पार्टीका का उम्मेदवार रामरतन थारुले समान ३/३ मत प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीका उम्मेदवार हरिलाल न्यौपानेले २ मत प्राप्त गर्नु भएको छ ।
१ हजार ८३३ मत गणना गर्दा १ हजार ७५६ मत सदर भएको छ भने ७७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालय गुलरियाले जनाएको छ ।