onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

बर्दियामा उम्मेदवारलाई मुक्तकमैया र सुकुम्बासीकै भर

भोट माग्दै मुक्तकमैया र सुकुम्बासी बस्तीमा उम्मेदवार

Sambad ADD long

बर्दिया : आउँदो मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभा चुनावका लागि आफ्नो पक्ष मत खसाल्न बर्दियाका मुक्तकमैया र सुकुम्बासी बस्तीमा प्रतिनिनिधीसभा र प्रदेशसभाका उम्मेदवारहरुसंगै दलका नेता तथा कार्यकर्ताहरु यतिबेला प्रचारप्रसारमा लागेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार, नेता तथा कार्यकर्तासंगै अन्य दलका उम्मेदवारहरु र नेता तथा कार्यकताहरुले यतिबेला आफ्नो ध्यान सुकुम्बासी तथा मुक्तकमैया बस्तीमा केन्द्रित गरेका छन् । बर्दिया जिल्लामा मुक्तकमैया र सुकुम्बासीहरुको बसोबास बढि भएको जिल्ला हो । यसअघि ४ वटा निर्वाचन क्षेत्र रहेको बर्दियामा संघिय संरचना पश्चात २ वटा प्रतिनिधीसभा क्षेत्र रहेको छ भने प्रदेशसभाका लागि ४ वटा क्षेत्र रहेको छ ।

बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका गरी ८ स्थानिय तह छन् । त्यसैमा पनि प्रतिनिधीसभाका लागि क्षेत्र नम्बर २ मा मुक्तकमैया र सुकुम्बासीको बसोवास बढी भएको क्षेत्र हो । त्यसैले गर्दा पनि चुनाव जित्न मुक्तकमैया र सुकुम्बासीकै मत निर्णायक हुने ठहर गरेका अहिलेका उम्मेदवारहरु, दलका नेता तथा कार्यकर्ताहरु मुक्तकमैया र सुकुम्बासीलाई जसरी पनि रिझाउने दाउमा लागेका हुन ।

यसअघि २०७४ सालको निर्वाचनमा मुक्तकमैया र सुकुम्बासी बस्तीमा उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु भोट माग्न पनि आएनन् र मतदाता शिक्षा टोली पनि भोट कसरी हाल्ने सिकाउन आउँथेनन् । तर यसपटक अधिकाँस बस्तीमा दुई दिन अघिदेखि उम्मेदवार र दलका नेता तथा कार्यकर्ताहरु भोट माग्न अझैँ बस्तीमै दौडिएका छन् ।

भोट कसरी हाल्ने सिकाउँदै राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले सुकुम्बासी र मुक्तकमैया नै निर्णायक भन्दै सुकुम्बासी र मुक्तकमैयाको मत कसरी तान्ने भन्ने रणनीति बनाउन थालेका छन् । एकातिर बस्तीका अगुवालाई समातेमा मुक्तकमैया र सुकुम्बासी बस्तीको पुरै भोट पाइन्छ भन्ने नेताहरुको बुझाई पनि छ । अर्कोतिर गाउँको बड्घरलाई समातेमा पनि थारु समुदायको पुरै भोट पाईन्छ भन्नेमा उम्मेदवारसंगै दलका नेता तथा कार्यकताहरु लागेका छन् ।

चुनावी मैदानमा रहेका उम्मेदवारहरु भुमिहिन मुक्तकमैया र सुकुम्बासीलाई घरजग्गा दिने भन्दै चुनावी अभियानमा पनि लागेका छन् । निर्णायक मत मुक्तकमैया, सुकुम्बासी र थारु समुदायकै हो, त्यसैले सत्ता गठबन्धनका उम्मेदवारहरु र अन्य दलका उम्मेदवारहरु समेत थारु समुदायको भोट आफुतिर तान्न दौडिएका हुन् ।

यसअघिका निर्वाचनमा गठबन्धनलाई जीताएर पठाएका मुक्तकमैया र सुकुम्बासी बस्तीका अधिकाँस मतदाताहरु यतिबेला कस्लाई जीताउने सोँचेर मात्र भोट हाल्ने बताउने गरेका छन् । अघिल्लो निर्वाचनमा बाम गठबन्धन थियो, अहिले बाम लोकतान्त्रिक अर्थात सत्ता गठबन्धन छ । यसपटक कस्ले जीत्ने सहजै अनुमान लगाउन सबैलाई सकस भएको देखिन्छ । हौसिएर अघिल्लो चुनावमा उत्रेका मुक्तकमैया र सुकुम्बासी बस्तीका मतदाताहरु यसपालीको चुनावमा सोँच विचार गरेर भोट हाल्ने पक्षमा रहेको मुक्तकमैया र सुकुम्बासीका अगुवाहरु बताउँछन् । मुक्तमकैया भुमिअधिकार संर्घष समितीका केन्द्रिय अध्यक्ष बिन्तीराम थारुका अनुसार बर्दियामा २ सय बढी सुकुम्बासी तथा मुक्तकमैँया बस्ती छ ।

सुकुम्बासी र मुक्तकमैया बस्तीमा मतदाताको संख्या यकिन नभएपनि झण्डै ४० हजार सुकुम्बासी घरधुरी र १६ हजार बढी मुक्तकमैया घरधुरी रहेको बताईएको छ । बस्ती तथा फाँटामा दलका उम्मेदवार तथा नेता कार्यकर्ताहरु भोट माग्न व्यापक रुपमा चुनावी प्रचारसंगै आन्तरिक भेलामासमेत जुटेका छन् ।

Leave A Reply

Your email address will not be published.