onlinesambad.com
'निष्पक्ष पत्रकारिताको अभ्यास'

निर्वाचनको आचारसंहिता पालना गर्न प्रतिबद्ध बनाउदै संवाद समूह

Sambad ADD long

बर्दिया : मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सरोकारवाला पक्षले निर्वाचन आचारसंहिताको पालना गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूह, बर्दियाको आयोजनामा आइतबार भएको संवाद कार्यक्रममा पत्रकार महासंघ – बर्दिया, उद्योग वाणिज्य संघ र नागरिक समाजले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका हुन् । यस अघिको संवाद कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले आचारसंहिता पालना गर्ने प्रतिबद्दता जनाइसकेको संवाद समूह, बर्दियाका सहजकर्ता भावुक योगीले जानकारी दिनुभयो ।

संचारकर्मी र मिडिया हाउस निर्वाचन आचारसंहिताको विषयमा सचेत रहेको पत्रकार महासंघका बर्दिया शाखाका अध्यक्ष यादव आचार्यले बताउनुभयो । आगामी दिनमा पनि संचारकर्मीहरुले आचारसंहिता उल्लघंन नगर्ने अध्यक्ष आचार्यले विश्वास व्यक्त गर्नुभयो । विगतका निर्वाचनहरुमा व्यवसायीले आचारसंहिता पालना गरेर सहयोग गर्दै आएको बताउँदै यस निर्वाचनमा पनि व्यवसायीहरुले पूर्णरुपमा आचारसंहिता पालना गर्ने उद्योग वाणिज्य संघका महासचिव अशोक खड्काले प्रतिबद्दता जनाउनु भयो । अहिलेसम्म आचारसंहिताको उल्लघंन नभएको नागरिक समाज संजालकी संयोजक हिमा सुनारले बताउनु भयो ।

सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेयले निर्वाचनको आचारसंहिता सबैले पालना गर्नु पर्ने बताउँदै आचारसंहिता व्यक्तिको आचारण भएकाले कसैले छेकबार गरेर पालना गराउनु भन्दा व्यक्तिले आफैंले बुझ्नु पर्ने बताउनुभयो । कसैले आचारसंहिता उल्लघंन गरेमा अनुगमन अधिकृत वा मुख्य निर्वाचन अधिकृत कार्यालयलाई जानकारी गराउन पनि सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेयले अनुरोध गर्नुभयो । निर्वाचनलाई शान्तिपुर्ण वातारणमा सम्पन्न गर्नको लागि सुरक्षा व्यवस्था बलियो पारिएको समेत उहाँले बताउनुभयो ।

सहायक निर्वाचन अधिकृत निलकण्ठ बराल, सहायक प्रमुख जिल्ला अधिकारी रमेश पाण्डेय, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्य, उद्योग वाणिज्य संघका महासचिव अशोक खड्का, नागरिक समाज संजालकी संयोजक हिमा सुनार र संचारकर्मी लगायतको उपस्थितीमा संवाद कार्यक्रम सम्पन्न भएको संवाद समूह, बर्दियाका सहजकर्ता भावुक योगीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.