भुरीगाउँ, बर्दिया : ठाकुरबाबा नगरपालिका–१, भुरीगाँउमा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गीक रुपान्तण र सुरक्षित विद्यालय कार्यढाचा सम्बन्धि दुईदिने तालिम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र भेरी बातावणीय विशिष्टता समुह (बि–ग्रुप)बाँकेको साझेदारी तथा ठाकुरबाबा नगरपालिकाको सहकार्यमा तालिम सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सदस्यहरुका लागि लैङ्गीक रुपान्तरण र सुरक्षित बिद्यालय कार्य ढाँचा सम्बन्धि तालिममा सबै प्रकारका विद्यार्थीहरुका लागि सुरक्षित सिकाई वातावरण मार्फत रोजगार उन्मुख शिक्षाको व्यवस्थापन गर्ने विद्यालयको रुपमा स्थापित हुने, बालमैत्री विद्यालय सिर्जना गरी काम प्रति सकारात्मक सोच विकास र उत्पादन गर्ने उत्कृष्ठ थलोको रुपमा विद्यालयलाई विकसित बनाउने लगायत विषयमा छलफल भएको छ ।
आगामी दिनहरुमा विद्यालयको दुरदृष्टी प्राप्तीका लागि निश्चित उद्देश्य तय गर्नुपर्ने, बालकेन्द्रित रचनात्मक सिकाई मार्फत् उच्चतम सिकाई उपलब्धी सुनिश्चितताका लागि प्रेरीत एवम् लगनशिल जनशक्ति उत्पादन गर्ने सस्थाको रुपमा विकास गराउने उद्देश्य रहेको बि–ग्रुपकी फिल्ड सुपर भाइजर सिर्जना चौधरीले जानकारी दिनुभयो ।
विद्यालयमा भएका कमी कमजोरीहरुलाई सुधार्दै विद्यालयलाई बालमैत्री बनाउनका लागि अपनाउनु पर्ने कुरालाई मध्यनजर गर्दै २ दिने तालिम सम्पन्न भएको हो । ठाकुरबाबा नगरपालिका शिक्षा शाखा प्रमुख सिता भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कृष्ण गिरी र बविता सिंहले प्रशिक्षण गर्नुभएको थियो ।