भुरीगाउँ, बर्दिया : “पूर्ण सरसफाई युक्त पालिकाको अभियान, आ–आफ्नै पहलमा हात धुने स्थान” भन्ने नारा सहित ७९ साल भदौ ५ गतेदेखि ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको पूर्ण हात धुने अभियानलाई सफल बनाउन सोमबार ठाकुरबाबा नगरपालिका–१, डुम्रेनीमा रहेको जनचाहना आधारभुत विद्यालयमा कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरुलाई हात धुने तरिका सिकाइएको छ ।
टिडिएचको आर्थिक सहयोग तथा ठाकुरबाबा नगरपालिका र गेरुवा ग्रामिण जागरण संघ, बर्दियाको सहकार्यमा संचालित अभियानमा विद्यार्थीहरुले कक्षा कोठामा नै टुटि र ढक्कन सहितको हात धुने स्थान बनाएर साबुन पानीले हात धुने ७ चरणहरु सिकेको विद्यालय स्रोतले जनाएको छ । नेपाल जुनियर रेडक्रस सर्कल, विद्यार्थी बातावरण समूह, विद्यार्थी बाल क्वल समूह, पुस्तकालय व्यवस्थापन समिति लगायत समूहका करीब ५२ जना विद्यार्थीहरु र सोहि विद्यालयका शिक्षक–शिक्षिकाहरुको सहभागीतामा गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेल र कृष्ण थारुले बालबालिकाहरुलाई हात धुने तरिका सिकाउनु भएको विद्यालयका प्रधानाध्यापक यज्ञ प्रसाद नेपालले जानकारी दिनुभयो ।
भोलीका देशका मेरुदण्डका रुपमा उभिने बालबालिकाहरुलाई पूर्ण हात धुने अभियानमा जग बसालेमा भविष्यमा फोहोर हातको माध्यमबाट लाग्न सक्ने झाडापखाला, आँउ, हैजा, जन्डिस, जुका, जिआरडियास, रगतमासी जस्ता ज्यानै जान सक्ने रोगबाट बच्नका लागि सापधान बनाउन सहयोग पुग्ने अपेक्षा सहित कार्यक्रमको संचालन गरिएका गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेलले बताउनुभयो । कार्यक्रममा साबुन पानीको प्रयोग गरी उचित तरिकाले हात धोएर खानेकुरा खाएमा स्वस्थ शरीर हुने सम्बन्धि पनि छलफल गरिएको जनाइएको छ ।
पूर्ण हात धुने अभियान अन्तरगत २०८० साल सम्म ठाकुरबाबा नगरपालिकामा रहेका सबै घर, सार्बजानिक तथा निजि सेवा प्रदायक संस्थाहरुमा साबुन पानी सहितको हात धुने स्थान भएको सुनिश्चित गर्ने रणनीतिक लक्ष्य नगरपालिकाको कार्यालयले लिएको प्रमुख प्रसासकिय अधिकृत रामहरी रिजालले बताउनुभयो ।
यसैगरी ठाकुरबाबा नगरपालिकामा सुरु गरिएको पूर्ण हात धुने अभियानलाई सफल बनाउन सोमबार ठाकुरबाबा नगरपालिका–१, भुरीगाँउमा रहेको त्रिभुवन नमूना माध्यमिक विद्यालयमा पनि कक्षा ५ देखि ८ सम्म अध्ययनरत ३४ जना विद्यार्थीहरुलाई हात धुने तरिका सिकाइएको छ । विद्यार्थीहरु र सोहि विद्यालयका शिक्षक–शिक्षिकाहरुको सहभागीतामा गेरुवा ग्रामिण जागरण संघका सरसफाई अधिकृत मनोज पौडेल र कृष्ण थारुले बालबालिकाहरुलाई हात धुने तरिका सिकाउनु भएको विद्यालयका प्रधानाध्यापक नन्दराम अधिकारीले जानकारी जानकारी दिनुभयो ।
पूर्ण हात धुने अभियानलाई सफल बनाउन विद्यालयका शिक्षक विद्यार्थी, विद्यालय प्रशासन, अभिभावक संघ लगायतको मुख्य भुमिका रहने भएकाले यस्ता सबै क्षेत्रमा पूर्ण हात धने अभियानलार्ई सिकाउन अति आबश्यक रहेको विद्यालय प्रशासनले सुझाब दिएको छ । यी सबै पक्षमा सरसफाई सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गर्न सकेमात्र समग्र रुपमा अभियान सम्पन्न गर्न सकिन्छ । समुदायको एक अभिन्न अङ्गका रुममा रहेको विद्यालयमा यस्ता खालका कार्यक्रमले विद्यालयमा मात्र नभई घर समुदायमा पनि सहयोग पुग्ने अपेक्षाका साथ कार्यक्रम संचालन गरीएको हो ।